मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाले बनायो २८ केन्द्रीय विभाग


  • माउन्टेन खबर
  • सोमवार, असार २२, २०८३
  • 79
    SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ विधानअनुसार पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित गर्न २८ वटा केन्द्रीय विभाग गठन गरेको छ।

विधानअनुसार ती विभागमध्ये १२ वटा सांगठनिक तथा परिचालनअन्तर्गत तथा १६ वटा सार्वजनिक नीति तथा विषयगतअन्तर्गत राखिएका छन्।

सांगठनिक तथा परिचालनअन्तर्गत नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, र्‍याटलगायतका विभाग समावेश छन्। यस्तै सार्वजनिक नीति तथा विषयगतअन्तर्गत सुशासन तथा राज्य व्यवस्था, अर्थ, पूर्वाधार, जनस्वास्थ्यलगायतका विभाग गठन गरिएको छ।

रास्वपाले विभागहरूको संरचना तय गरे पनि ती विभागमा प्रमुख तथा सदस्यहरूको मनोनयन भने हालसम्म गरेको छैन। पार्टीले आवश्यक प्रक्रिया पूरा गरेर विभागहरूमा मनोनयन गर्ने तयारी गरेको जनाएको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)