मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ


  • माउन्टेन खबर
  • शुक्रबार, असार २६, २०८३
  • 64
    SHARES

काठमाडाैँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उहाँले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री बानियाँ भन्नुभयो, “प्रदेशका विभिन्न जिल्लामा पर्ने सडकको स्तरोन्नति, कालोपत्रे, पक्की पुल निर्माण गर्ने स्पष्ट नीति हामीले अघि सारेका छौँ ।”

बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापाले प्रदेशका सबै जिल्लाका यातायात व्यवसायी र सवारी लगानीकर्तालाई सडक यातायात क्षेत्रमा आकस्मिक रुपमा हुने समस्या सम्बोधन गर्न साझा प्रयासको खाँचो आँैल्याउनुभयो । हेटौँडा उपमहानगरपालिकाको प्रमुख मीना लामाले लगानीकर्ता आफ्नो सवारीसाधनको सम्पूर्ण जिम्मेवारी बोकेको सवारी चालक र सहचालकको हकहित र अधिकारका लागि विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।

त्यस अवसरमा हेटौँडा उपमहापालिका–५ यातायात व्यवसायी स्व श्रीचन्द्र शर्माकी धर्मपत्नी सीता पौडेल र पूर्वप्रहरी उपरीक्षक दिलीपराज झालाई सम्मान गरियो । अधिवेशनमा उक्त सङ्घको नयाँ नेतृत्वको चयन गर्र्ने सङ्घका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)