मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राज्यले नागरिकको आवाज दबाउन खोजेको सभापति थापाको आरोप


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०८३
  • 57
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दै अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको आरोप लगाउनुभएको छ।

४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको विशेष छलफलमा उहाँले नागरिकलाई सत्तामाथि प्रश्न गर्ने अधिकार कुनै पनि परिस्थितिमा हनन गर्न नहुने बताउनुभयो।

पार्टी नेता, सञ्चारमाध्यम र व्यवसायीमाथि दबाब सिर्जना गर्ने गरी निजी सम्पत्ति तथा जीविकोपार्जनमा क्षति पुर्‍याउने अधिकार राज्यलाई नरहेको उहाँको भनाइ थियो।

सभापति थापाले सुकुम्बासी समस्या तथा गणेश नेपालीको आत्मदाह प्रकरणबारे दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि राज्यको व्यवहार थप कठोर बनेको आरोप लगाउनुभयो। सुकुम्बासी समस्यालाई कांग्रेसले दलीयकरण नगर्ने स्पष्ट गर्दै उहाँले कानुनी समाधान खोज्न नसक्दा सरकार स्वयंले समस्या जटिल बनाएको बताउनुभयो।

उहाँले साउन ६ गते ‘जरा अभियान’ सम्पन्न भएपछि साउन ७ देखि भदौ २४ सम्म सञ्चालन हुने नयाँ अभियानको घोषणा गरिने जानकारी पनि दिनुभयो। कांग्रेस प्रतिक्रियामात्र जनाउने दल नभई सम्भावित नागरिक समस्यालाई समयमै उजागर गर्ने अभियानमा सक्रिय रहने उहाँको भनाइ थियो।

पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले बीपी कोइरालाको पुण्यतिथिका अवसरमा साउन ६ गते पाँच किलोमिटर ‘ग्रिन रन’, चित्रकला तथा संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो। जलवायु परिवर्तन र त्यसका प्रभावलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिने तथा साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना हुने उहाँले बताउनुभयो।

छलफलमा उपत्यकास्थित पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, जिल्ला सभापति तथा प्रतिष्ठानका सदस्यहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)