आइतवार, अशोज ४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘मास्टर्नी’ चलचित्रको गीतप्रति शिक्षक महासङ्घको आपत्ति, हटाउन माग


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १, २०८३
  • 166
    SHARES

काठमाडौं –  नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ।

महासङ्घले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव प्रयोग गरिएको उल्लेख गर्दै यसले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाएको छ।

महासङ्घले विवादित गीत तत्काल बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। विज्ञप्तिमा गीतलाई यथावत् निरन्तरता दिए त्यसबाट उत्पन्न हुन सक्ने असहज परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी पनि दिइएको छ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)