आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओलीको आरोप– वर्तमान सरकार तानाशाही बन्यो


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १, २०८३
  • 113
    SHARES

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी ओलीले बालेन शाह नेतृत्वको सरकार तानाशाही बनेको आरोप लगाएका छन् । केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देश फाँसीवादतर्फ उन्मुख भइरहेको बताए ।

उनले भने, ‘एक युवा अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए, त्यहाँ अवलोकन गर्न गए बापत पुलिस अत्याचारको पराकाष्ठा, घेरेर कुटपिट गर्ने, गिरफ्तार गर्ने क्रियाकलाप भए यस्तो हुनुहुँदैन भनेर विराटनगरमा केही युवाहरूले प्रदर्शन गरे, उनीहरूलाई पनि गिरफ्तार गरियो।’

उनले सरकारविरुद्ध शान्तिपूर्ण ढङ्गले विरोध जनाउन पनि नदिएको बताए।

उनले थपे, ‘अर्काको घरको अगाडि, कार्यालय अगाडि, संचार माध्यमहरूका कार्यालय अगाडि, गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ। ती गाडी पनि दिनभरि अवरोध पुर्‍याएर सकुशल फर्काइन्छन्, कुनै कारबाही हुँदैन। किनभने निर्देशित ढङ्गले नै त्यो काम सरकारले गर्न लगाएको छ। निर्देशित ढङ्गले लगाएको हुनाले कारबाही कसरी हुने? आफैँले लगाएको।’

उनले आफूहरुले सरकारको विरोधका लागि विरोध नगरेको बताए।

उनले भने, ‘जनतामा रुवाबासी छ, मिटरब्याज पीडितहरू बाटामा छन् उनीहरूलाई छक्याइँदैछ। सुकुम्वासीहरू डुबानमा छन्। गरिबको बेला छ। मान्छे बेरोजगार हुँदै छन्। पहिलेको भन्दा विदेश जानेको लहर दोब्बर हुँदै छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)