मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः सभापति थापा

बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिए


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ५, २०८३
  • 54
    SHARES

काठमाडाैँ-  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीतिमा बढ्दो विकृति र त्यसबाट उत्पन्न नागरिक असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके त्यसले विस्फोटको रूप लिनसक्ने चेतावनी दिनुभएको छ ।

मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक प्रणालीप्रति बढ्दो जनअसन्तुष्टिलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताउनु भयो । राजनीतिमा देखिएको विकृतिका कारण नागरिकमा बढ्दो निराशा चिर्न नेपाली काँग्रेस स्वयं अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । सभापति थापाले गुरु घिमिरेका लेख र पुस्तकहरूले नागरिकको वास्तविक भावना र काँग्रेसमा तत्कालीन समयमा उठेको पार्टी रूपान्तरणको आवश्यकता उल्लेख गरिउको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिमा चरम विकृति छ र त्यो विकृतिले गर्दा नागरिकमा चरम असन्तुष्टि आइरहेको छ । त्यो असन्तुष्टिलाई समयमा नै सम्बोधन गरिएन भने विस्फोट हुन्छ । र यसलाई सम्बोधन गर्ने काम अन्य दलको मतलव भएन । हाम्रो पार्टी नेपाली काँग्रेसले गर्नुपर्छ । किनभने हामी यो पार्टीभित्र छौँ । गुरु घिमिले लेखेको सबै लेखहरु पनि सबै यही विषयको वरिपरि घुम्छ । विगतमा उहाँले नेपाली काँग्रेसको रुपान्तनरणको विषयमा लेख्नुभयो । उहाँले विगतमा ‘नेपाली काँग्रेसका युवाको उद्घोषः कि भिडौँ, कि छाडौँ’ । उहाँले जति पनि लेख्नुभयो तल्लो तहमा नागरिकले के  महशुस रिरहनुभएको छ भन्ने कुरा बुझ्नुभएको थियो ।’

उहाँले नागरिक तहसम्म पुग्दै नागरिकका समस्या समाधान गर्ने कुरामा अग्रसर हुन पार्टी कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिए

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली काँग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरो’ र ‘काला’ दिन भएको टिप्पणी गर्नुभएको छ ।

उहाँले उक्त अवधीमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताउनु भयो ।

उहाँले राजनीतिक दलका नेताहरुले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाउनु भयो ।

उहाँले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आईपुगेको पनि बताउनु भयो । उहाँले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको बताउनु भयो । उहाँले पार्टीको सिद्धान्तर र नागरिकका अपेक्षअनुसार नेपाली काँग्रेसलाई पुन लोकप्रिय पार्टी बनाउने कुरामा सबै कटिवद्ध भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली काँग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अध्याँरो वर्षहरु भए । ती काला दिनहरु भए । जसभित्र केवल सत्ता, सत्ता, सत्ता । शक्ति, शक्ति, शक्ति, । त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो । म त सिद्धान्तको लागि सास्ती खानुपर्छ । असिद्धान्तको लागि आठ वर्ष झ्याल खाना बस्नुपरे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हो नि । तपाईं पनि त्यही हो । हामी सबै त्यही हो । तर गएका दश वर्षभित्र कुनै अनवजवानले कहाँको काँग्रेसको कुरान गरेको भन्यो भने मले उसलाई के भन्ने ?’

उहाँले नेपाली काँग्रेसले मुलुकलाई समृद्ध नभई समुन्नत बनाउने दिशामा काम गर्नुपर्ने बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)