आइतवार, साउन १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोपीराम भण्डारीका लघुकथामा प्रयोगधर्मी चेतना र आख्यानिक ऊर्जा


  • गाेपीराम भण्डारी 'बटुवा'
  • आइतवार, साउन १०, २०८३
  • 59
    SHARES

गोपीराम भण्डारीका लघुकथामा प्रयोगधर्मी चेतना र आख्यानिक ऊर्जा

युवराज मैनाली

गोपीराम भण्डारीका लघुकथामा सघन अवगाहन गर्दा समकालीन नेपाली आख्यान परम्परामाथि एउटा सशक्त, सचेत, प्रयोगधर्मी र सौन्दर्यशास्त्रीय हस्तक्षेपको अनुभूति हुन्छ । भण्डारीको कथाजगत् बाह्य घटनाक्रमको सपाट विवरण वा जीवन स्थितिको सरलीकृत पुनरुत्पादनमा सीमित छैन । परन्तु त्यो मानवीय अस्तित्वका अव्यक्त स्पन्दन, सामाजिक संरचनाका अदृश्य विदीर्णता, सांस्कृतिक चेतनाका अन्तःसङ्कट र समयबोधका गहन अन्तर्विरोधहरूसँग अन्तःसम्बद्ध देखिन्छ ।

उनी सामान्य प्रतीत हुने विषयवस्तुभित्र असामान्य अर्थ–विन्यास, सूक्ष्म भाव–संरचना र बहुस्तरीय जीवन–सत्य अन्वेषण गर्न समर्थ तरुण कथाकार हुन् । आम मानिसले भोग्दै आएका पीडा, कुण्ठा, पलायन, असन्तोष, विसङ्गति, विडम्बना र मौन आक्रोशलाई उनी केवल वर्णनात्मक धरातलमा प्रस्तुत गर्दैनन्, बरु ती अनुभूतिलाई प्रतीक, सङ्केत, विम्ब, ध्वनि र सूक्ष्म व्यञ्जनाका तहमा रूपान्तरित गर्दै कथालाई संवेदनात्मक तथा चिन्तनात्मक उचाइ प्रदान गर्दछन् । यस दृष्टिले उनका कथा प्रत्यक्ष जीवन–यथार्थसँग आबद्ध भएर पनि तिनको अन्तध्र्वनि दृश्यभन्दा अदृश्य, घटनाभन्दा अनुभूति, कथानकभन्दा चेतना र विवरणभन्दा गूढार्थतर्फ उन्मुख देखिन्छ ।

गोपीराम भण्डारीका कथाहरू लोकजीवनका साझा भोगाइ, सामूहिक नियति र युगीन संवेदनाबाट उद्भुत छन् तथापि ती अनुभवको पुनरावृत्ति वा यथार्थको प्रतिलिपिमात्र भने होइनन् । साधारण अनुभव जब सर्जकको कलात्मक अन्तर्दृष्टि र सौन्दर्यचेतनाबाट अभिसिञ्चित हुन्छ तब त्यो कसरी व्यापक युगबोध, अस्तित्वगत प्रश्नानुकूलता र दार्शनिक विमर्शमा परिणत हुन सक्छ भन्ने साक्ष्य उनका लघुकथाहरूले प्रस्तुत गर्छन् । उनका कथामा पात्रचेतनाको गहिराइमा प्रवेश गरी त्यहाँ सुप्त रहेका द्वन्द्व, विखण्डन, आत्मसङ्घर्ष, विस्थापन, दमन र अन्तर्विरोधलाई अत्यन्त सूक्ष्म, संयत र कलात्मक ढङ्गले उ्दघाटित गर्ने सामथ्र्य पाइन्छ । पात्रहरू उनका कथामा स्थिर, एकरेखीय वा बाह्य आकृतिका रूपमा उपस्थित हुँदैनन् बरु समय, समाज, स्मृति, भय, मोह, विवशता, अवचेतन र नियतिका चलायमान प्रतिच्छायाका रूपमा आकार ग्रहण गर्छन् ।

यही कारण भण्डारीको कथाशिल्प बाह्य कथानकको प्रसारभन्दा बढी आन्तरिक कम्पन, मानसिक तनाव र भाव ऊर्जाको सङ्केन्द्रणमा आधारित देखिन्छ । कथा वस्तुतः पल–प्रतिपल घटिरहने जीवन–प्रक्रियाकै कलात्मक सङ्केत हो । जीवन स्वयम् नै कथाको अनवरत स्रोत, अक्षय भण्डार र अदृश्य गर्भभूमि हो तर घटित यथार्थलाई पहिचान गर्ने दृष्टि, त्यसको अन्तर्लय ग्रहण गर्ने संवेदना र त्यसलाई कथ्यवस्तुको कलात्मक संरचनामा रूपान्तरण गर्ने सिर्जनात्मक सामथ्र्य नभएमा ती अनुभवहरू विस्मृतिको निशाभित्र विलीन भएर जान्छन् । भण्डारी यही विस्मृतिसँग प्रतिरोध गर्ने कथाकार हुन् ।

भण्डारी समयको सतहमा मात्र विचरण नगरी वर्तमानको कणभित्र भविष्यको सम्भावित आकृति, क्षणिक घटनाभित्र दीर्घजीवी अर्थ, व्यक्तिगत अनुभूतिभित्र सामूहिक चेतना र साधारण व्यवहारभित्र युगीन विडम्बनाको धड्कन अन्वेषण गर्दछन् । यसैले उनी वर्तमानसँग प्रत्यक्ष संवाद गर्दै भविष्यको विराट् सम्भावनाभित्र त्यसलाई चलायमान तुल्याउन सक्ने समर्थ, सजग र कुशल आख्यानशिल्पीका रूपमा प्रतिष्ठित देखिन्छन् । भण्डारीले पुरातन आख्यान प्रवृत्तिका रूढ सीमाङ्कनहरूमा आफूलाई आबद्ध वा सङ्कुचित गरेका छैनन् ।

उनी परम्परासँग संवाद गर्दछन् तर परम्पराको अन्धानुकरणमा विलीन हुँदैनन् । उनका कथाहरूमा परम्पराको स्मृति अवश्य छ तर त्यो स्मृति जडता, पुनरावृत्ति वा स्थिरताको पर्याय नभई नयाँ अर्थसंरचना, नवीन व्यञ्जना, परिवर्तित संवेदना र प्रयोगशील कथ्यचेतनाको उर्वर आधारभूमि बनेर उपस्थित हुन्छ । यस अर्थमा उनको कथाशिल्पमा एक प्रकारको अन्तःसङ्गृहित ऊर्जाको अनुभव हुन्छ । यो ऊर्जा बाह्य चमत्कार, भाषिक आडम्बर वा कथानकको चर्कोपनमा निहित नभएर अर्थको सूक्ष्म प्रसारण, भावको सघन सङ्केन्द्रण र चेतनाको बहुआयामिक विस्तारमा अन्तर्निहित भएको पाइन्छ ।

उनी कथालाई घटनाको रेखीय अनुक्रमबाट मुक्त गर्दै स्मृति, चेतना, प्रतीक, अनुभूति र दार्शनिक प्रश्नका बहुस्तरीय प्रदेशमा प्रवेश गराउँछन् । गोपीराम भण्डारीको अन्तर्चेतनामा औपन्यासिक विस्तारको सूक्ष्म प्रवाह विद्यमान देखिन्छ । लघुकथाको सीमित आकारभित्र पनि उनी व्यापक जीवनदृष्टि, चरित्रगत गहिराइ, समयबोधको विस्तार र अस्तित्वगत जटिलतालाई समेट्न समर्थ छन् । यही कारण उनको आख्यानिक स्वभाव अमेरिकी कथाकार एडगर एलन पोको कथ्य घनत्व, मनोवैज्ञानिक सूक्ष्मता, रहस्यात्मक संरचना र बौद्धिक तीक्ष्णतासँग कुनै न कुनै स्तरमा सामीप्य राख्दछ । पोको कथामा झैँ भण्डारीको कथामा पनि परिवेश केवल पृष्ठभूमिमात्र नभएर पात्रको मानसिक रसायन, कथ्यको तनाव, अर्थको छायालोक र भाव रहस्यको संरचनासँग गहिरो रूपमा आबद्ध भएर आएको पाइन्छ ।

उनका पात्र, परिवेश, कथ्ययोजना, घटनाविन्यास र सन्देश सतही मनोरञ्जन वा सरलीकृत नैतिक निष्कर्षबाट भन्दा पनि युगचिन्तन, अस्तित्वगत बेचैनी, सामाजिक विडम्बना र दार्शनिक जिज्ञासाबाट निःसृत देखिन्छन् । यस दृष्टिले उनी युगीन जीवनका केवल संवादकर्ता मात्र नभई दार्शनिक गहनता, संवेदनात्मक प्रखरता र आख्यानिक चेतनाका पृष्ठपोषक पनि देखिन्छन् । जीवनको प्रत्यक्ष अनुभूति र चिन्तनको अमूर्त आयाम परस्पर विलीन, सङ्लग्न र अन्तःप्रवाहित भएर आउँछन् । उनी पाठकलाई केवल कथा सुनाउँदैनन्, कथामार्फत पाठकीय चेतनालाई स्पन्दित, अस्थिर, प्रश्नाकुल र सक्रिय बनाउँछन् । यही प्रश्नानुकूलता र चेतनात्मक अस्थिरता उनको कथाशिल्पको प्रधान सिर्जनात्मक शक्ति हो ।

गोपीरामका कथा पढिसकेपछि घटना समाप्त हुन्छ तर अर्थको अनुगुञ्जन बाँकी रहन्छ । पात्रहरू कथाको पृष्ठभूमिबाट ओझेल पर्छन् तर तिनले छाडेको मानसिक प्रतिध्वनि पाठकको अन्तःकरणमा दीर्घकालसम्म कायम रहिरहन्छ । भण्डारीका लघुकथाहरू अक्षर, शब्द, वाक्य र अर्थ संरचनाको सूक्ष्म गठनमा देखिने आकृतिजन्य आयतनका कारण गोपीराम भण्डारीका लघुकथामा प्रयोगधर्मी चेतना र आख्यानिक ऊर्जा युवराज मैनाली गोपीराम भण्डारीका लघुकथामा सघन अवगाहन गर्दा समकालीन नेपाली आख्यान परम्परामाथि एउटा सशक्त, सचेत, प्रयोगधर्मी र सौन्दर्यशास्त्रीय हस्तक्षेपको अनुभूति हुन्छ ।

भण्डारीको कथाजगत् बाह्य घटनाक्रमको सपाट विवरण वा जीवन स्थितिको सरलीकृत पुनरुत्पादनमा सीमित छैन । परन्तु त्यो मानवीय अस्तित्वका अव्यक्त स्पन्दन, सामाजिक संरचनाका अदृश्य विदीर्णता, सांस्कृतिक चेतनाका अन्तःसङ्कट र समयबोधका गहन अन्तर्विरोधहरूसँग अन्तःसम्बद्ध देखिन्छ । उनी सामान्य प्रतीत हुने विषयवस्तुभित्र असामान्य अर्थ–विन्यास, सूक्ष्म भाव–संरचना र बहुस्तरीय जीवन–सत्य अन्वेषण गर्न समर्थ तरुण कथाकार हुन् । आम मानिसले भोग्दै आएका पीडा, कुण्ठा, पलायन, असन्तोष, विसङ्गति, विडम्बना र मौन आक्रोशलाई उनी केवल वर्णनात्मक धरातलमा प्रस्तुत गर्दैनन्, बरु ती अनुभूतिलाई प्रतीक, सङ्केत, विम्ब, ध्वनि र सूक्ष्म व्यञ्जनाका तहमा रूपान्तरित गर्दै कथालाई संवेदनात्मक तथा चिन्तनात्मक उचाइ प्रदान गर्दछन् ।

यस दृष्टिले उनका कथा प्रत्यक्ष जीवन–यथार्थसँग आबद्ध भएर पनि तिनको अन्तध्र्वनि दृश्यभन्दा अदृश्य, घटनाभन्दा अनुभूति, कथानकभन्दा चेतना र विवरणभन्दा गूढार्थतर्फ उन्मुख देखिन्छ । गोपीराम भण्डारीका कथाहरू लोकजीवनका साझा भोगाइ, सामूहिक नियति र युगीन संवेदनाबाट उद्भुत छन् तथापि ती अनुभवको पुनरावृत्ति वा यथार्थको प्रतिलिपिमात्र भने होइनन् । साधारण अनुभव जब सर्जकको कलात्मक अन्तर्दृष्टि र सौन्दर्यचेतनाबाट अभिसिञ्चित हुन्छ तब त्यो कसरी व्यापक युगबोध, अस्तित्वगत प्रश्नानुकूलता र दार्शनिक विमर्शमा परिणत हुन सक्छ भन्ने साक्ष्य उनका लघुकथाहरूले प्रस्तुत गर्छन् ।

उनका कथामा पात्रचेतनाको गहिराइमा प्रवेश गरी त्यहाँ सुप्त रहेका द्वन्द्व, विखण्डन, आत्मसङ्घर्ष, विस्थापन, दमन र अन्तर्विरोधलाई अत्यन्त सूक्ष्म, संयत र कलात्मक ढङ्गले उ्दघाटित गर्ने सामथ्र्य पाइन्छ । पात्रहरू उनका कथामा स्थिर, एकरेखीय वा बाह्य आकृतिका रूपमा उपस्थित हुँदैनन् बरु समय, समाज, स्मृति, भय, मोह, विवशता, अवचेतन र नियतिका चलायमान प्रतिच्छायाका रूपमा आकार ग्रहण गर्छन् । यही कारण भण्डारीको कथाशिल्प बाह्य कथानकको प्रसारभन्दा बढी आन्तरिक कम्पन, मानसिक तनाव र भाव ऊर्जाको सङ्केन्द्रणमा आधारित देखिन्छ । कथा वस्तुतः पल–प्रतिपल घटिरहने जीवन–प्रक्रियाकै कलात्मक सङ्केत हो । जीवन स्वयम् नै कथाको अनवरत स्रोत, अक्षय भण्डार र अदृश्य गर्भभूमि हो तर घटित यथार्थलाई पहिचान गर्ने दृष्टि, त्यसको अन्तर्लय ग्रहण गर्ने संवेदना र त्यसलाई कथ्यवस्तुको कलात्मक संरचनामा रूपान्तरण गर्ने सिर्जनात्मक सामथ्र्य नभएमा ती अनुभवहरू विस्मृतिको निशाभित्र विलीन भएर जान्छन् । भण्डारी यही विस्मृतिसँग प्रतिरोध गर्ने कथाकार हुन् ।

भण्डारी समयको सतहमा मात्र विचरण नगरी वर्तमानको कणभित्र भविष्यको सम्भावित आकृति, क्षणिक घटनाभित्र दीर्घजीवी अर्थ, व्यक्तिगत अनुभूतिभित्र सामूहिक चेतना र साधारण व्यवहारभित्र युगीन विडम्बनाको धड्कन अन्वेषण गर्दछन् । यसैले उनी वर्तमानसँग प्रत्यक्ष संवाद गर्दै भविष्यको विराट् सम्भावनाभित्र त्यसलाई चलायमान तुल्याउन सक्ने समर्थ, सजग र कुशल आख्यानशिल्पीका रूपमा प्रतिष्ठित देखिन्छन् । भण्डारीले पुरातन आख्यान प्रवृत्तिका रूढ सीमाङ्कनहरूमा आफूलाई आबद्ध वा सङ्कुचित गरेका छैनन् । उनी परम्परासँग संवाद गर्दछन् तर परम्पराको अन्धानुकरणमा विलीन हुँदैनन् ।

उनका कथाहरूमा परम्पराको स्मृति अवश्य छ तर त्यो स्मृति जडता, पुनरावृत्ति वा स्थिरताको पर्याय नभई नयाँ अर्थसंरचना, नवीन व्यञ्जना, परिवर्तित संवेदना र प्रयोगशील कथ्यचेतनाको उर्वर आधारभूमि बनेर उपस्थित हुन्छ । यस अर्थमा उनको कथाशिल्पमा एक प्रकारको अन्तःसङ्गृहित ऊर्जाको अनुभव हुन्छ । यो ऊर्जा बाह्य चमत्कार, भाषिक आडम्बर वा कथानकको चर्कोपनमा निहित नभएर अर्थको सूक्ष्म प्रसारण, भावको सघन सङ्केन्द्रण र चेतनाको बहुआयामिक विस्तारमा अन्तर्निहित भएको पाइन्छ । उनी कथालाई घटनाको रेखीय अनुक्रमबाट मुक्त गर्दै स्मृति, चेतना, प्रतीक, अनुभूति र दार्शनिक प्रश्नका बहुस्तरीय प्रदेशमा प्रवेश गराउँछन् । गोपीराम भण्डारीको अन्तर्चेतनामा औपन्यासिक विस्तारको सूक्ष्म प्रवाह विद्यमान देखिन्छ । लघुकथाको सीमित आकारभित्र पनि उनी व्यापक जीवनदृष्टि, चरित्रगत गहिराइ, समयबोधको विस्तार र अस्तित्वगत जटिलतालाई समेट्न समर्थ छन् ।

यही कारण उनको आख्यानिक स्वभाव अमेरिकी कथाकार एडगर एलन पोको कथ्य घनत्व, मनोवैज्ञानिक सूक्ष्मता, रहस्यात्मक संरचना र बौद्धिक तीक्ष्णतासँग कुनै न कुनै स्तरमा सामीप्य राख्दछ । पोको कथामा झैँ भण्डारीको कथामा पनि परिवेश केवल पृष्ठभूमिमात्र नभएर पात्रको मानसिक रसायन, कथ्यको तनाव, अर्थको छायालोक र भाव रहस्यको संरचनासँग गहिरो रूपमा आबद्ध भएर आएको पाइन्छ । उनका पात्र, परिवेश, कथ्ययोजना, घटनाविन्यास र सन्देश सतही मनोरञ्जन वा सरलीकृत नैतिक निष्कर्षबाट भन्दा पनि युगचिन्तन, अस्तित्वगत बेचैनी, सामाजिक विडम्बना र दार्शनिक जिज्ञासाबाट निःसृत देखिन्छन् ।

यस दृष्टिले उनी युगीन जीवनका केवल संवादकर्ता मात्र नभई दार्शनिक गहनता, संवेदनात्मक प्रखरता र आख्यानिक चेतनाका पृष्ठपोषक पनि देखिन्छन् । जीवनको प्रत्यक्ष अनुभूति र चिन्तनको अमूर्त आयाम परस्पर विलीन, सङ्लग्न र अन्तःप्रवाहित भएर आउँछन् । उनी पाठकलाई केवल कथा सुनाउँदैनन्, कथामार्फत पाठकीय चेतनालाई स्पन्दित, अस्थिर, प्रश्नाकुल र सक्रिय बनाउँछन् । यही प्रश्नानुकूलता र चेतनात्मक अस्थिरता उनको कथाशिल्पको प्रधान सिर्जनात्मक शक्ति हो ।

गोपीरामका कथा पढिसकेपछि घटना समाप्त हुन्छ तर अर्थको अनुगुञ्जन बाँकी रहन्छ । पात्रहरू कथाको पृष्ठभूमिबाट ओझेल पर्छन् तर तिनले छाडेको मानसिक प्रतिध्वनि पाठकको अन्तःकरणमा दीर्घकालसम्म कायम रहिरहन्छ । भण्डारीका लघुकथाहरू अक्षर, शब्द, वाक्य र अर्थ संरचनाको सूक्ष्म गठनमा देखिने आकृतिजन्य आयतनका कारण विशिष्ट छन् । सरसर्ती हेर्दा कथालाई केवल लम्बाइ, चौडाइ, आयतन, आकार वा कथानकको विस्तारका आधारमा परिभाषित गर्नु न्यायोचित हुँदैन । लघुकथा आकारमा लघु भए पनि त्यसको प्रभाव, अर्थक्षमता र संवेदनात्मक आयाम लघु छैनन् ।

अवरुद्घ आवाज कथासङ्ग्रहमा सङ्ग्रृहित कथाभित्र निहित ओज, ऊर्जा, ध्वनि र अर्थ कणहरू न्यूट्रोन, इलेक्ट्रोन र प्रोटोनको समष्टि स्वरूपझैँ सूक्ष्म, अदृश्य, अन्तर्निहित तर अत्यन्त प्रभावकारी छन् । ती तत्वहरू बाह्य दृष्टिले तत्काल दृष्टिगोचर नभए तापनि संवेदनशील, सजग र गम्भीर पाठकीय चेतनाले तिनको सूक्ष्म कम्पन अवश्य अनुभूत गर्न सक्दछ । यही अदृश्य ऊर्जाले उनका कथालाई आकारको सीमाबाट मुक्त गरी आयतनभन्दा पर, कथानकभन्दा टाढा र दृश्य यथार्थभन्दा दुर्गम अर्थको विराट, अमूर्त र बहुअर्थी प्रदेशमा प्रतिष्ठित गर्छ ।

यस विराट् आन्तरिक शक्तिलाई सूक्ष्मतम संवेदना, गम्भीर पाठकीय दृष्टि र सौन्दर्यबोधको गहिराइबाट अवलोकन गर्न सकियो भने मात्र गोपीराम भण्डारीको आख्यानकार हैसियत यथार्थ रूपमा स्पष्ट हुन्छ । उनी लघुकथालाई संक्षिप्त कथात्मक संरचनामात्र मान्दैनन्, त्यसलाई समय, चेतना, स्मृति, विडम्बना, विसङ्गति, अस्तित्व, नियति र मानवीय अन्तद्र्वन्द्वको सङ्केन्द्रित कलात्मक रूपका रूपमा प्रतिष्ठित गर्छन् । गोपीरामका कथा आकारमा लघु भए पनि अर्थमा विस्तीर्ण छन्, कथ्यमा सङ्क्षिप्त भए पनि व्यञ्जनामा विराट् छन्, प्रस्तुतीकरणमा सहज देखिए पनि अन्तर्संरचनामा जटिल, बहुसाङ्केतिक र बहुअर्थी छन् ।

गोपीराम भण्डारीको कथाकारिता यही सूक्ष्म घनत्व, संवेदना, चिन्तन र ऊर्जाको त्रिवेणीमा आफ्नो विशिष्ट, गरिमामय र स्मरणीय पहिचान निर्माण गर्न सफल भएको देखिन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)