शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सञ्चारकर्मीहरूलाई संयमता अपनाउन अनलाइन टिभी पत्रकार संघको आह्वान


  • माउन्टेन खबर
  • बिहिबार, साउन १४, २०८३
  • 49
    SHARES

काठमाडौं – मधेशमा उत्पन्न तनावपूर्ण र संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा संयमता र व्यावसायिक विवेक अपनाउन अनलाइन टिभी पत्रकार संघले सबै सञ्चारकर्मीहरूलाई आह्वान गरेको छ।

 

 

विशेषगरी घटनास्थलमा पुगेर प्रत्यक्ष रिपोर्टिङ गर्ने पत्रकार तथा डिजिटल मिडियाका लागि समाचार, भिडियो, लाइभ र सामाजिक सञ्जाल सामग्री उत्पादन गर्ने सञ्चारकर्मीहरू विशेष सजग हुन संघले अनुरोध गरेको छ ।

संघका महासचिव पवन फुयालद्वारा जारी अपिलमा घटनाको वास्तविकता जनसमक्ष ल्याउनु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि समाचार तथा सूचना सम्प्रेषणका क्रममा घटनालाई राजनीतिक, धार्मिक, जातीय वा सामाजिक विभाजन र द्वन्द्व निम्त्याउने ढंगले प्रस्तुत नगर्न आग्रह गरिएको छ।

संघले उत्तेजक शीर्षक, भ्रामक दृश्य, पुराना तस्बिर तथा भिडियोको पुनःप्रयोग, अपुष्ट सूचना, अफवाह र अनुमानमा आधारित सामग्री सम्प्रेषण नगर्नसमेत ध्यानाकर्षण गराएको छ।

पत्रकारिता गर्ने व्यक्तिबाहेक सामाजिक सञ्जाल प्रयोग गर्ने आम नागरिकलाई समेत संवेदनशील घटनाका विषयमा आफ्ना विचार, धारणा वा सन्देश सार्वजनिक गर्दा संयमता र जिम्मेवारी अपनाउन संघले अपिल गरेको छ। प्रचलित कानुन तथा पत्रकार आचारसंहिताको उल्लंघन हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै त्यस्ता गतिविधिमा सम्बन्धित निकायबाट कानुनी कारबाही हुन सक्ने भएकाले सबैलाई जिम्मेवार बन्न संघले आग्रह गरेको छ।

त्यस्तै, प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित नियामक तथा सरोकारवाला निकायलाई डिजिटल तथा सामाजिक सञ्जालमा प्रकाशित–प्रसारित सामग्रीको सूक्ष्म अनुगमन गर्न पनि संघले ध्यानाकर्षण गराएको छ।

अनलाइन टिभी पत्रकार संघ नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सत्य, तथ्य, सन्तुलन, जिम्मेवारी र सामाजिक उत्तरदायित्वमा आधारित पत्रकारिताको पक्षमा आफू दृढ रहेको जनाएको छ।

संकट र तनावको समयमा पत्रकारिताको भूमिका अझ महत्वपूर्ण हुने भएकाले ‘संवेदनशीलता सधैँ हाम्रो सामाजिक उत्तरदायित्व हो’ भन्ने मूल मर्म आत्मसात् गर्दै समाचार सम्प्रेषण गर्न संघले सबै सञ्चारकर्मीलाई आह्वान गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)