शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १५, २०८३
  • 38
    SHARES

काठमाडौं –  प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा देशमा विकसित पछिल्लो घटनाक्रम तथा समसामयिक विषयमा छलफल गर्न मधेसवादी दलका नेताहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको छ।

बैठकमा मधेस प्रदेशको पछिल्लो अवस्था, शान्ति–सुरक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा जनमत पार्टीका अध्यक्ष सी.के. राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, एमाले नेता लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह, जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी तथा जयकान्त राउतलगायत नेताहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)