बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली काँग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०८३
  • 39
    SHARES

काठमाडौँ- सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको छ ।

 

 

 

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघि गरेको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो ।

अदालतको सो आदेशसँगै कांगे्रसको आधिकारिता विवादको फैसलामाथि पुनरावलोकन हुने भएको हो ।

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरावलोकन गर्न माग गर्दै निवेदन दिनुभएको थियो ।

अदालतले पुनरावलोकन गर्न ‘निस्सा’ (अनुमति) प्रदान गरेको हो ।

यसअघि, न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)