काठमाण्डौ। पछिल्लो समय युवा पुस्ताको रोजाइ रंगिन संसार अर्थात मोडलिङ क्षेत्रमा पर्ने गरेको छ। अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र मोडलिङमा ब्यस्त बन्दै गरेका मोडल हुन शंकर सेढाई।
पाँच बर्ष अधिबाट मोडलिङ सुरु गरेका शंकर सेढाईले छोटो समयमै धेरै म्युजिक भिडियो र फेशन शोमा आप्नो प्रतिभा देखाई सकेका छन्।
अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुने सोचाई बनाएका मोडल मोडल शंकर सेढाईले मारुनी चलचित्र मार्फत आफ्नो अभिनय प्रतिभा दर्शक सामु प्रस्तुत गरिसकेका छन्।
मोडल हन्ट कार्यक्रम मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेका युवा मोडल शंकर सेढाई अहिले विभिन्न विज्ञापनहरुमा समेत व्यस्त छन्।







