मङ्लबार, भदौ २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मकवानपुरमा स्कारपियो दुर्घटना : न्यायाधीश डाँगीसहित चार जनालाई काठमाडौं लगियो


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २, २०८३
  • 48
    SHARES

काठमाडाैँ –  मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

मंगलबार बिहान भीमफेदी गाउँपालिका–६ जुरिखेलमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा घाइते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडु र सवारी चालक छुनिलाल चौधरीलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय न्यायाधीश डाँगी, दाङ राप्ती–८ का ३२ वर्षीय चालक चौधरी, बैतडी दशरथचन्द नगरपालिका–७ का ५१ वर्षीय बडु, उनकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रिता बडु घाइते भएका छन्।

घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ।

प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो काठमाडौं हुँदै वीरगन्जतर्फ आउँदै गर्दा भीमफेदी–६ जुरिखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)