आइतवार, भदौ ७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०८३
  • 56
    SHARES

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले  भदौ ७ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले एक सूचना जारी गरी प्रदेशसभाको आठौँ अधिवेशनको १८ औँ बैठक भदौ ७ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएका छन् ।

 

 

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सभामुखले बैठक बस्ने मिति र समय निर्धारण गरिएको हो । उक्त बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

बिहिवारमात्र मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री थापामगरले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । बागमतीमा नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि मुख्यमन्त्री थापामगरले चारदिन भित्रै विश्वासको मत लिन लागेका हुन् । राप्रपामा देखिएको समस्याका कारण मुख्यमन्त्री थापामगरले छिटै विश्वासको मत लिन लागेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)