काठमाडौं- काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको छ ।
सडकखण्ड सुचारु भएसँगै बाढी तथा पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने सर्वसाधारण तथा अत्यावश्यक सामग्री ढुवानीमा सहजता हुने अपेक्षा गरिएको छ ।
हाल उक्त सडकखण्डमा ४ चक्के साना सवारीसाधन मात्र सञ्चालन गर्न मिल्ने अवस्था रहेको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घलेले बताए । सडकको अवस्था हेरी सवारीसाधन सञ्चालन गर्न तथा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।
