शनिबार, भदौ १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन


  • माउन्टेन खबर
  • शनिबार, भदौ १३, २०८३
  • 55
    SHARES

काठमाडौं –  बाढीका कारण प्रभावित बनेको रसुवा स्थित नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको माथिल्लो त्रिशूली-३ ए जलविद्युत आयोजना आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका चिनियाँ टोली परिचालन भएको छ ।

जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको सरकारले जनाएको छ ।

चिनियाँ हेलिकप्टरमार्फत ६ जना विज्ञ टोली मैदानमा खटिएको हो। नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु भएको छ ।

​संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)