शनिबार, भदौ १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वरिष्ठ निबन्धकार श्री गोपी मैनालीज्यूसंग गरिएको पुस्तकवार्ता – राम लामा अविनाशी


  • राम लामा अविनाशी
  • शनिबार, भदौ १३, २०८३
  • 37
    SHARES

पुस्तकवार्ता

गोपी मैनाली नेपाली साहित्यमा चर्चित नामहो । सार्वजनिक प्रशासनमा रहँदा उत्कृष्ठ कार्य गरी राष्ट्रसेवकको रुपमा उदाहरण बनेका मैनाली नेपाली साहित्यको निबन्धतथा समालोचनामापनि अलग पहिचान बनाउंनु भएको छ । २०३८ माअवसादअभिनयी (निजात्मक निबन्धसङ्ग्रह) बाट पहिलोपटक कृतिमा प्रकाशित मैनालीका डेढ दर्जन कृतिहरू प्रकाशित छन् । घाउ आफैलाई दुख्छ, अक्षरको मन जस्ता उत्कृष्ठ निवन्धमार्फत देवकोटा र लामिछाने पछि तेस्रो धारको प्रतिनिधित्व गर्न सक्ने खालका  मैनालीका चार समालोचनाका कृतिहरू प्रकाशित छन् । समालोचनालाई शास्त्रीयधारबाट अलग पहचिानमा ल्याउने मैनालीको हालै प्रकाशित “विचार र विचरण” (सामलोचनात्मकअन्वेषण) मा केन्द्रित रहेर वरिष्ठ स्रष्टा रामलामाअविनाशीले गर्नुभएको छोटो वार्ता ।

१.तपाईले हालै प्रकाशनमा ल्याउनु भएको कृति “विचार र विचरण”ले समालोचनाको विधामा नयाँमानक स्थापना गरेको भनिदै छ । के कस्ता विषयहरू  कृतिमा समावेश छन् र यसले यतिविध्न प्रशंसा पाएको हो ?
 विचार र विचरण मेरो चौथो समालोचनात्मक कृतिहो । कृति समीक्षा र प्रतिक्रिया भन्दामाथि उठेर थोरै समालोचना मात्रभएका छन्, प्रतिक्रिया र समीक्षालाई समालोचना भन्न सकिने अवस्था रहन्न । म समालोचनागर्दा साहित्यिकमूल्य, विधागतमानक, सामाजिक वा विधागत उपयोगिता र सिर्जनाले बोकेका जीवन, समय, समाज र दृष्टिसङ्क्षेत्रलाई विवेचना साथमूल्य निरोपण गर्न मन पराउँछु । साहित्यका अन्यविधाहरू समयको गतिसँग केहीहदमा समानुकूलनमा रहे तर समालोचना चाहीँ त्यसो भएन, शास्त्रीयतालाई नै समाइरह्यो । भनिएका नयाँ दृष्टिकोणलेपनि शास्त्रीय सन्धानमा रमाए, भनौँ नयाँ नबनीकन पुराना बने । के समालोचक–अन्वेषक बनेर अरस्तु र इलियटका सिद्धान्त–दृष्टिभन्दा पर पुग्नुहुँदैन वा भरतमुनि र भामहका गुण, रीति, ध्वनि, अलङ्कारमा मात्र रहिरहनु पर्छ?अन्यविधाजस्तै समालोचनापनि समयको पदचापमा स्वयम् गतिशीलवा स्वप्रजननशीलतामा रहनुपर्दैन भन्ने प्रश्नले मलाई घोचिरह्यो ।

साहित्य र अन्यविधा र दर्शनसँगको नाताखोज्नु पर्छ भन्ने लाग्यो । आफूभित्र उव्जिएका प्रश्नले आफैलाई दिमागी झड्का दिइरह्यो । त्यही घोचाइ र झड्कालाई ‘विचार र विचरण’ले केहीभएपनि शुरूवात गरोस् भन्ने स्वाग्रहले भनौँ अन्तर्रागले यसलाई सिर्जना गरेँ । मेरो मान्यतामा समालोचना सिर्जना मात्रहोइन, पुनर्सिजनाहो, जसकालागि सिर्जनाशक्ति त चाहिन्छ नै त्यो भन्दा बढी मूल्य, विचार, सिद्धान्त, मानक, जीवन र समयका बहुआयामिकतालाई विचरण गर्ने सामथ्र्य पनि चाहिन्छ । इलियटले भने झै कलाकृतिहरुको स्पष्टीकरण र स्वादको सुधारमा केन्द्रितभएर समालोचना गर्नुपर्छ भन्ने सोचेँ, ह्यारोल्ड ब्लुमको प्रभावको चिन्ता (इन्जाइटी अफइन्फ्लुएन्स) मा घोरिएँ र मूल्य सौन्दर्यको स्वतन्त्रता, आक्रोसका विचार र अध्ययनको कठिन आनन्दसँग विवेचितभएँ । सजिलो र परम्पराभन्दाअलिपर रहेँ, साहित्य सर्जक र सिर्जनाको मूल्यांकन र अन्वेषणमा घोत्लिएँ रविचार र विचरणमा ती कुराहरु साथ प्रस्तुतभएँ ।

विधाप्रयोक्ताहरू के बाट प्रभावितभए र हुँदै छन्, खास विधाका मूल्यमानकहरु के हुन र तिनमाआधुनिक साहित्य कसरी अनुकूलित वा प्रजननशील छ भनेर विचरण गरेको छु । कृतिभित्र विश्वका सबै विधाकाआदि स्रष्टादेखि अहिलेसम्मका सबैलाई कुनै न कुनै रुपमा समेटेको छु । पहिलो कृतिभनिएको इपिकअफगिल्गामेस, त्यहाको पात्र गिल्गामेस र इन्कुदु आजको ग्यालेक्टिक पात्रहरु ह्यारी सेल्डनमा आइपुग्दा समाजमा कसरी सामान्यीकरणको जटिलतामा आयो भन्ने देखाउने प्रयास गरेको छु, त्यो पनि बहुआयामिक ढाँचामा । कृतिलाई साहित्यसिर्जनाको मूल्य, प्रवृत्ति, विधागतप्रयोग र चरित्रकार्य आदिको सानो क्रोनिकलका रुपमा प्रस्तुत गरेको छु ।

२. “विचार र विचरण”नाम सुन्दैमा समालोचना (विचरण) र विचारहरु पनि समावेश भएको छ भन्ने सहज अनुमान गर्न सकिन्छ । कृतिको विचार र विचरणका दुवै आयाममाथि थोरै प्रकाश पारिदिनु हुन्थ्यो कि ?
 विचार र विचरण समालोचनात्मकअन्वेषण हो, जहाँपहिलाविचार र त्यसपछि विचरण प्रस्तुत गरेको छु । विचार र विचरण स्वाभाविक रुपमा मिसिएर यौगिकपनि बनेका छन् । यो विचार सहितको समालोचनाहो । विचार पक्षमासिर्जना, यसको स्वायत्तता, यसले पार्ने प्रभाव, साहित्य र दर्शनको सम्बन्ध र सीमा, सिर्जनाको सामयिकता लगायतका कुराहरुमा रहेर विधागत विशिष्ट प्रयोगलाई अन्वेषणात्मक विश्लेषण गरेको छु । विचरण पक्षमा सिर्जनाकाविधा, विधागतप्रवृत्ति र प्रयोगका मानकहरूलाई विचरण गरेको छु त्यो पनिअन्वेषणात्मक रुपमा ।

केहीयस्ता कृति र कृतिकार रहे जसले विश्वलाई नै आफ्ना सिर्जनाको पक्षविपक्षमा विभाजन गरिदिए, केहीयस्ता सिर्जना भएजसले शताव्दीऔंलाई मानव मनमष्तिष्क कव्जामा लियो, कोहीयस्ता स्रष्टा पनि रहे जसको सिर्जना र जीवन नै सामाजिकअभियान रह्यो र ती सँधै मानवीय प्रेरणाका स्रोत रहे, तिनीहरुको विवेचना र विचरण गरेको छु । केहीयस्ताअव्वलपात्रहरु छन्, तिनले सबैलाई आफ्नो बनाएर जीवनबाच्ने आभ्यान्तरिक उर्जा सञ्चार गर्छ, तिनलाई पनिविचार र विचरणले समेटेको छ । मेरा लागि सिर्जनामा विवेचनाविचार सहितको विवेचनाहो, विचारसहितको समालोचनाहो र समालोचनासहितको अन्वेषण हो । “विचार र विरचण”मा त्यही गरेको छु ।

३. विचार र विचरणले मानकप्रवृत्ति / प्रयोग के कसलाई मानेको छ ?
 पहिला सिर्जना त्यसपछि सिद्धान्त र मानकबन्ने हुन् । कतिपय सिर्जना यस्ता हुन्छन् जसले त्यसविधाका अरू  सिर्जनालाई आधार दिन्छन् र स्रष्टालाई गतिशीलताको बाटो पक्डिन सहज बनाउछन् । साहित्यमा यति धेरै विधा, प्रविधा र सहविधा / उपविधाहरू  छन् र जन्मदै छन्, तिनीहरू लाई मार्गदर्शन गर्नसक्ने प्रयोग चाँहिमानकहुन् । कतिधेरै आत्मकथा लेखिएका छन्, सीमाकियान र सिसरो त्यतिखेरका मानकथिए, नेल्सन मण्डेलाको स्वतन्त्रताको लामो यात्रा र विश्वेश्वरको आफ्नो कथाबीसौ शताव्दीका मानकहुन् । कति धेरै नियात्राहरू लेखिएका छन्, तर एरिक न्यूवीको दी सर्ट वाकअफ हिन्दकुश वा इलिजावेथ गिल्वर्टको इट, प्रे, लभ : वनओमन्स सर्च फर इभ्रिथिङ मानक बन्ने हैसियतमा छन् ।

धेरै डायस्पोरिक साहित्य लेखिएपनि सारमा त नेमसेक जत्तिको कुन छ र ?सवै डायस्पोराले गोगोल गाङ्गुली जसरी नै आफूलाई अर्थ र महत्वमा खोज्ने हुन् । निबन्ध धेरै लेखिए, लक्ष्मीप्रसाद देवकोटा, बट्र्राण्डा रस्सेल, भर्जिनियाउल्फका आआफ्नो प्रयोगलाई अरूले उछिन्नै सकेनन् । महाकाव्य धेरै छन्, तर देवकोटोको शाकुन्तलले झै मानकीयताअरूले राख्दैनन् । लघुकथा धेरै लेखिए,खलिल जिव्रान नै मानकहुन् । डिष्टोपियाअर्ज अर्वेलको १९८४ ले नै मानकहो, विज्ञान कथामा ईस्याकआसिमोभ मानकहुन् । बालसाहित्यमा रमेश विकल, नारी लेखनमा पारिजात, परविन शाकिर, नेपाली गीतमा किरण खरेल, हेर्ने कथामा विद्या चापागाईँ, अस्तित्वउत्खननमा विश्वेश्वर र फ्रान्जकाफ्का, पौराणिक आख्यानमा चतुर्सेन शास्त्री (वयं रक्षाम्) र विजय चालिसे (युगसन्धि), कारागार साहित्यमाआफैसंगको अन्तरसम्वाद (मण्डेला) र आफ्नो कथा (विश्वेश्ववर) मानकीयतामा छन् ।

कृतिमा अरू धेरै विधाका मानक र मानकीयताउल्लेख छ । पात्रको चरित्र व्यापारबाट पनि पात्र कस्तो भएहुने भन्ने हुनसक्छ । निकोस काजान्त्जाकिसको जोर्बा (जोवा द ग्रीक) श्रेष्ठ मानकहो, जसरी पूर्र्वीय परम्परामा शिवजी सावन्तको कर्ण (मृत्युञ्जय) मानकपात्रहो । त्यस्तै प्रेमकामानक, दुखान्तको मानक, क्रान्तिको मानक, दर्शनको मानक, स्वच्छन्दता र अरू धेरै कुराको मानकछन् । “विचार र विचरण”ले तिनको उल्लेख गरेको छ ।

४. विश्व साहित्यको सापेक्षमापनि नेपाली साहित्य हेर्नु भएको हो ?
 साहित्य त जहाँको पनि साहित्यहो, भाषिक विभाजनमात्र हो । नेपाली साहित्यमा उत्कृष्ठ सिर्जना थिए, छन् र हुनेपनि छन् । साधना र प्रतिभाबाट सिर्जिएका सबै साहित्य महान हुन्छन्, कालजयी हुन्छन् । लक्ष्मीप्रसाद देवकोटा, पारिजात, विश्वेश्वर, विकल, दौलतविक्रम, बानिरा, गुरुप्रसाद, समहरू  विश्व साहित्यको सम्बन्धमा के भन्ने ?२०१४ देखि अहिलेसम्म सातदशकआफ्नो विधा गीतलाई नेतृत्वदिने किरण खरेल गूलजार, आनन्द बक्छी र जावेद अख्तरका संयुक्त रुप भएपछि उनीसँग पो अरूको तुलना हुने हो । विश्वसाहित्यका उनीहरुका विधाका स्रष्टाहरू उनीहरू संग तुलना गरिन्छन्, गरिनुपर्छ । तुलना त शीर्षसँग गरिने हो नी । भाषिक दायरा फ्रेन्च, स्पानिस, अङ्ग्रेजी, बङ्गाली, हिन्दी, अरवी, जापानीभन्दा सँघुरो होला, प्रयोग विशिष्ठतामा हाम्रा शीर्ष छन् । त्यसैले नेपाली साहित्यलाई विश्वसाहित्यमा हेरिएको छ, विश्वसाहित्यलाई नेपाली साहित्यको सापेक्षमापनि हेरिएको छ । यो चाँही जरुरहो कि हामीचाँहीकहाँ छौ र संख्यात्मक लेखनलाई गुणात्मक विशिष्ठतामा कसरी लोजाने हो भन्ने सुक्ष्म संकेत यो “विचार र विचरण”ले गरेको छ ।

५. यतिगहन अन्वेषण र विश्लेषण गरेपछि नेपाली साहित्यको अवस्था चाँहि कस्तो पाउनु भयो ?यसले भोगेका प्रमुख चुनौतीहरू पनि बताइदिनु हुन्छ कि ?
 नेपाली साहित्यको अवस्था राम्रो छ । लेख्ने क्रम धेरै छ, गुणात्मकता चाहिन्छ । सबै सिर्जना बाँच्दैनन्, बाँच्ने सिर्जना चाहिएको छ । लेख्ने हुटहुटी र अतिथि लेखकहरुबाट पनि सिर्जना भए, यसले सिर्जनाको आत्मिकता कसरी बचाउने भन्ने देखिएको छ । तर यो भीडमा राम्रा प्रतिभाहरू धेरै छन्, तिनीहरू युगपर्यन्त रहलान । चुनौतीपनि छ, पहिलो त साधना गर्ने चुनौती छ । सिर्जनामा साधना चाहिन्छ, अक्षरको उरुङ सिर्जना होइन । थोरै लेखिएपनि भूपि र काइलाकति अमर छन् । साहित्य बाजरमा पुग्यो, बजारि साहित्यले सिर्जना गर्दैन, बस्तु बन्छ । अर्को चुनौती कर्पोरेट कब्जामा साहित्यमाथि धावा बोलिदैछ,त्यहाँ साहित्यकार र सिर्जना हुँदैन । नौलो प्रयोगमा के के प्रविधाको नाममा लेखाइहुँदैछ, प्रतिभाले अरुविधा अतिक्रमण गर्दैन ।

सिर्जनाका पाठक छँदै छैनन् भनेपनि हुन्छ । पठन संस्कृति विकासकालागिपनि राम्रा सिर्जना चाहिएको छ । स्रष्टाहरू अध्ययनपनि गर्दैनन्, अरू भाषाको साहित्यकहाँ छ, विषय कसरी गतिशील छ भन्ने भन्दाआफ्नै धूनमा लेखिरहने ठूला जमात छ । त्यही घानमा समालोचनापनि प¥यो । साहित्यलाई वर्ग, समुदाय, समूह र यस्तै कुराबाट अलग र अछुतो कसरी राख्ने ? सिर्जना त सवैको हो नी। मेसिन ल्याङ्ग्वेज र कृतिम बौद्धिकताले त धेरै चुनौती ल्याएकै छ, अरू ल्याउने पनिछ । साहित्य संस्थाहरू  कमजोर छन्, प्रदूषितपनि भए । तर यी सबै कुराबाट साहित्यलाई जोगाउने कामपनि स्वयम् साहित्यकारको हो ।

६. तपाइँजत्तिको विद्वान लेखकसँगविषय र विधाहरू  पनि कैयन छन्, तैपनि समालोचनालाई नै किन रोज्नु भयो ?
 हो, यहाले ठीक भन्नु भो । शुरुमा निबन्ध र कविताबाट शुरु गरेँ, २०३८ मा मेरो निजात्मक निबन्धसङ्ग्रह वरिष्ठ स्रष्टा श्रीहरि फुयालले प्रकाशनगरिदिनु भयो । त्यसपछि कथा, नियात्रा, हुँदै समालोचनामाआइपुगेँ । समसामयिक र बैचारिक लेखहरू पनि निरन्तर लेखिरहेको छु । मलाई मनपर्ने विधाचाँही निबन्ध र समालोचनाहो ।

समालोचनाअसाध्यै महत्वपूर्ण विधाहो । आरस्तु तथाप्लोटोले काव्यशास्त्रको निर्माण गरेका थिए । थोमस इष्टर्न इलियटस्रष्टा हुनकालागि द्रष्टा सामथ्र्य चाहिन्छ भन्थे । शेक्सपीयर र लक्ष्मीप्रसाद देवकोटाले समालचोना नभए के साहित्य भनेर समालचोनाको महत्व दर्शाएका थिए । म चँहिअलि पढ्न रुचाउने र लेख्नेपनि भएकोले पढ्दा पढ्दै समालोचना गर्न रुचाएँ । समालोचना वास्तवमा पढ्नु बुझ्नु हो, गहिरिएर पढेपछि समालोचना गर्न सकिन्छ, गहिरिएर जीवनबुझेपछि सिर्जना गर्न सकिन्छ । त्यसैले सिर्जना र समालोचना एकै हो मेरा लागि । म समालोचनालाई पुनर्सिजना भन्छु ।

अरूको सिर्जनामाथि स्थापित मान्यता, मूल्य र दृष्टिकोण साथ ग्रहण गरेर त्यसमाथि पुनसिर्जना गर्न मलाई मन लाग्छ, मेरा अर्थमा समालोचना त्यहीहो । समलोचनाविधा नेपालमा साँचो अर्थमा पछि परेको छ । सिर्जनामात्र पढेर समालोचकीय सामथ्र्य भित्रिदैन, सिर्जनाको रौँचिरा विवेचनाका साथ मूल्य, कला सिद्धान्त, विधागत मान्यता र प्रयोग प्रवृत्तिको गहन अध्ययनले मात्र पुनसिर्जना गर्न सकिन्छ । आलोचनात्मक चेत, मूल्य विवेचना सामथ्र्य, र न्यायिक मन समालोचकीय धर्म पूरा गर्न चाहिने आधारशर्त हुन् । यी कुराहरुका साथ नेपाली साहित्यमा केहीमूल्यअभिवृद्धि गर्न म समालोचनामाअकर्षित भएको हुँ ।

– जनैपूिर्णमा, २०८३ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)