आइतवार, भदौ १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कृष्णभीरमा पृथ्वी राजमार्ग भासियो : सवारी आवागमन पूर्ण रूपमा रोकियो


  • माउन्टेन खबर
  • आइतवार, भदौ १४, २०८३
  • 36
    SHARES

धादिङ –  त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा धादिङको कृष्णभीर क्षेत्रमा सडकको तल्लो भागबाट कटान भई सडक भासिएपछि यातायात ठप्प भएको हो ।

त्रिशूलीमा आएको तिब्र बहावले सडकको जगबाटै कटान शुरु गरेपछि सडक भासिएको र सवारी आवागमन असुरक्षित बनेको हो । आज बिहान केही समयका लागि सञ्चालनमा आएको यो सडकखण्ड पुनः कटान बढ्न थालेपछि पूर्ण रूपमा बन्द गरिएको छ ।

मुख्य राजमार्ग नै अवरुद्ध भएपछि गन्तव्यका लागि छुटेका सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)