सोमवार, भदौ १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विपद् व्यवस्थापन र उद्धारका लागि सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील


  • माउन्टेन खबर
  • सोमवार, भदौ १५, २०८३
  • 40
    SHARES

काठमाडौँ –  सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ ।

 

सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको बताउनुभएको हो । प्रवक्ता पौडेल क्षेत्रीकाअनुसार सरकारले विपद्पछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोगको माग गरेको छ ।

उहाँले भन्नुभयो, ‘हामीलाई सुरुङमार्गमा हुनसक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शवहरू फेला पार्न आइएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता छ ।’

केही फ्रिजरहरू प्राप्त भइसकेको र केही आउने क्रममा रहेको समेत उहाँले जानकारी दिनुभयो । मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट्ससहितको प्राविधिक सहयोग समेत माग गरिएको छ । राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता क्षेत्रीले दीर्घकालीन पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)