सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने


  • माउन्टेन खबर
  • सोमवार, भदौ २९, २०८३
  • 32
    SHARES

काठमाडौँ-   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।

 

 

 

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट सदस्यहरूको तर्फबाट थप जनही १५ हजार रुपैयाँ योगदान गर्ने प्रस्ताव अघि बढाइएको हो।

यसअघि नै रास्वपाले पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ। उक्त रकममा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा झई जाने मासिक लेवीसमेत समावेश गरिएको बुर्लाकोटीले बताएका छन्।

यसका अतिरिक्त संसदीय दलका सदस्यहरूले व्यत्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका छन्। सदस्यहरूबाट न्यूनतम १५ हजार रुपैयाँका दरले योगदान गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ जम्मा हुने जनाइएको छ।

मुख्य सचेतक बुर्लाकोटीले सदस्यहरूबाट जम्मा हुने १५ हजार रुपैयाँभन्दा माथिको रकमसमेत समेटेर उक्त योगदान कार्यान्वयन गर्न लागिएको जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)