शनिबार, अशोज ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०८३
  • 40
    SHARES

काठमाडौँ- भोटेकोशीमा आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरणपोषणमा एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

 

 

 

सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार आयोजित सङ्क्षिप्त कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव दुर्गाप्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गर्नुभयो ।

समझदारीअनुसार बाढीबाट प्रभावित १८ वर्षमुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने, शिक्षा, स्वास्थ्य, पोषण र मनोसामाजिक सहयोग प्रदान गरिने छ । साथै, नातेदारमार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा लिइनेछ ।

समझदारी हस्ताक्षर भएको मितिदेखि बढीमा १८ वर्षसम्म सहयोगलाई निरन्तरता दिइने छ । परिषद्ले लाभग्राहीको पहिचान, समन्वय तथा बाल संरक्षणमा सहजीकरण गर्नेछ भने फाउन्डेसनले वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)