आइतवार, अशोज ४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभापतिमा गगनको विकल्प छैनः नेता भट्टराई

नयाँले सकेनन् कांग्रेस मिलेर देशलाई नेतृत्व दिनुपर्छ


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०८३
  • 38
    SHARES

तनहुँ  – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् । तनहुँमा वडा अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस एक भएर जानुको विकल्प नभएको र बदलिएको अवस्थामा पार्टीको संगठन ढाँचा र कार्यशैली परिवर्तन आवश्यक रहेको बताए । यो सबैका लागि पार्टी नेतृत्व बलियो हुनु आवश्यक छ, उनले भने महाधिवेशनमा अरु पदमा प्रतिष्पर्धा भए पनि सभापतिमा गगनजी निर्विकल्प हुनुहुन्छ ।

 

 

 

नेता भट्टराईले नयाँ भनिए पनि रास्वपाको नेतृत्वले ग्यास अभाव, सुकुम्बासी व्यवस्थापन, विपद्को उद्धारलगायतमा नेतृत्व दिन नसकेको भन्दै अब एकीकृत र कार्यशैली फेरिएको कांग्रेसमार्फत १५ औं महाधिवेशनपछि स्थानीय र प्रदेश हुँदै संघमा कांग्रेसले सफल नेतृत्व दिने बताए ।
नेता भट्टराईले युवा र बलियो सरकार भए पनि रास्वपा नेतृत्वले विपद्लगत्तै उद्धारमा विदेशी विज्ञको सहायता लिएको भए धेरै ज्यान बच्न सक्ने भए पनि नेतृत्वले हठ लिंदा अहिले शव झिक्नुपर्ने बाध्यता आएको बताए । एक हप्ता अघि मात्र सहयोग लिन सकेको भए धेरैको ज्यान बच्ने रहेछ, उनले भने ।

अहिले काम गर्ने कर्मचारीतन्त्रमाथि समेत थिचोमिचो भएको भन्दै उनले तानाशाही लाद्न खोजिएको जिकिर गरे ।
अहिलेका नियुक्तिमा आफ्ना मात्र खोजिएको भन्दै नेता भट्टराईले संसदबाट तानाशाही व्यवस्था ल्याउन प्रयास भैरहेकाले रोक्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)