सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

लाङटाङ क्षेत्रमा ९३ प्रतिशतले घट्यो पर्यटकीय आगमन


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ३, २०७७
  • 611
    SHARES

रसुवा, ३ पुस । कोभिड १९ का कारण मुलुकको समग्र पर्यटन क्षेत्र प्रभावित भइरहँदा यसको असर स्वाभाविक रूपमा पदयात्रा (ट्रेकिङ) गतिविधिमा पनि परेको छ । नेपालका प्रमुख पदयात्रा गन्तव्यमध्ये लाङटाङ पर्यटकीय क्षेत्र पनि यसबाट अलग रहन सकेको छैन ।

गत वर्षको तुलनामा यस वर्ष लाङटाङ पर्यटकीय क्षेत्रमा आउने पर्यटक ९३ प्रतिशतले घटेका छन् । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म ९८९ पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको इलाकामा पर्ने लाङटाङ तथा गोसाइँकुण्डको हिमशृंखला, कुण्ड तथा ताल, झर्ना र यहाँका जैविक विविधताको अवलोकन गरेका थिए ।

गत वर्षको यसै अवधिमा भने १४ हजार ९३३ पर्यटक आएको तथ्यांके लाङटाङ राष्ट्रिय निकुञ्जले बताएको राससमा उल्लेख छ । निकुञ्ज कार्यालयका अनुसार चालू आर्थिक वर्षमा आएका पर्यटकमा ६६ विदेशी र ९२३ स्वदेशी रहेका छन् ।

निकुञ्ज क्षेत्रको भ्रमण गर्ने स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु १०० र विदेशीको हकमा रु तीन हजार आगमन शुल्क लिने कानूनी प्रावधान छ । प्रवेश शुल्कवापत गत वर्ष यस अवधिमा रू. ३ करोड १९ लाख ४८ हजार असुली भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)