शुक्रबार, बैशाख २१, २०८१

महत्वपुर्ण उपलब्धी हासिल गरेको तुम्बाहाङ्फेको दावी


  • माउन्टेन खबर
  • आइतवार, पुस १२, २०७७
  • 387
    SHARES

१२ पुस काठमाडौँ। नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहदा अपेक्षा अनुसार काम गर्न सफल भएको दावी गर्नुभएको छ ।

आइतबार कानून मन्त्रालयबाट विदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको दावी गर्नु भएको हो । मौलिक हकसँग जोडिएका विषयमा आफूले पद बहाली गर्दा हस्ताक्षर गरे अनुसार नै अधिकांश ऐन र नियमावली निर्माणमा सफलता प्राप्त गरेको बताउनु भयो । मौलिक हकसँग जोडिएका १६ वटा ऐन बनाएकोमा १४ वटाको नियमावली बनाइसकेको र २ वटा बन्ने क्रममा रहेको बताउनुभयो । यस्तै १२ वटा मस्यौदाका लागि सैद्धान्तिक सहमति दिएको पनि मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो । त्यसबाहेक २५ वटा विधेयक तथा अध्यादेशको मस्यौदा तर्जुमा गर्न पनि सैद्धान्तिक सहमति दिइएको बताउनुभयो । नेपालको संविधानमा निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेस भएको नक्सा प्रकाशित गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउनुलाई पनि आफ्नो उपलब्धी भएको बताउनुभयो ।

तेजाब आक्रमणसँग जोडिएको अध्यदेश ल्याउन सफल हुँदा देशका सबै नागरिक खुशि भएको पनि मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो । जबरजस्ती करणी, यौनजन्य हिंसा लगायतका घटनामा कसुरदार ठहरिने अवस्था सम्म पुग्न नदिई मेलमिलाप गराउने प्रचलनलाई अन्त्य गर्न मेलमिलाप गराउने व्यक्तिलाई समेत कानूनी कारबाही गर्ने व्यवस्था गर्न सफल भएको पनि बताउनुभयो । त्यसबाहेक संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनेगरी ऐन नियमहरु निर्माण गरिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }