सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेभियामाथी एट्लेटिको म्याड्रिडको जित


  • माउन्टेन खबर
  • बुधबार, पुस २९, २०७७
  • 796
    SHARES

म्याड्रिड । एट्लेटिको म्याड्रिडले मंगलबार सेभियालाई २–० ले हराउँदै स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो पकडलाई अझ बलियो बनाएको छ । डिएगो सिमोनीको टिमका लागि एन्जेल कोरेआले पहिलो गोल गरे । यस्तै दोस्रो गोल सउल निगुएजको नाममा रह्यो ।

सेभियाका लागि भने सबै खाले प्रतियोगिताका १० खेलमा यो पहिलो हार हो र टिम छैटौं स्थानमा छ । एट्लेटिकोको भने १६ खेलबाट ४१ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाछि चार अंकको अग्रता हो ।

त्यसमाथि एट्लेटिकोले रियलको तुलनामा दुई खेल कम खेलेको छ । मंगलबारकै अर्को खेलमा ग्रेनेडाले ओसासुनालाई २–० ले हरायो । ग्रेनेडा २७ अंकमा सातौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)