सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

माघ दोस्रो साता नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल पुम्से च्याम्पियनसिप हुने


  • माउन्टेन खबर
  • बिहिबार, माघ १, २०७७
  • 435
    SHARES

काठमाडौं,१ माघ।  नेपाल ओपन अन्तराष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो साता काठमाडौंमा हुने भएको छ ।

कोटेश्वर तेक्वान्दो डोजाङ्ग, स्युचाटार तेक्वान्दो डोजाङ्ग, मूलपानी तेक्वान्दो डोजाङ्ग, बाल गिताञ्जली स्कुल, मर्निङ्ग ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगितामा विश्वका २९ देशबाट १ हजार ३ सयभन्दा धेरै खेलाडी सहभागी हुने प्रतियोगिताका संयोजक एवं तेक्वान्दो मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हाई स्पिड किक च्याम्पियनसिप प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको हो । कोरोना भाइरसको महामारीका कारण घरैमा बस्न बाध्य भएका खेलाडीलाई लक्षित गरेर प्रतियोगिता भर्चुअल रुपमा गर्न लागिएको हो ।

प्रतियोगितामा पुम्सेतर्फ ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिए । तेक्वान्दोको पुम्सेमा पुरुष महिलाको किड्समा ५÷५, पिवीमा ५÷५, सब जुनियरमा ५÷५, क्याडेटमा ५÷५, सिनियरमा १÷१, यु–४० मा १÷१, यु–५० मा १÷१ र ६० वर्षमाथिमा १÷१ गरी जम्मा ६० विधामा स्पर्धा हुनेछ । तीन देशका विभिन्न हिंसा पीडित तथा शरणार्थी खेलाडीलाई निःशुल्क प्रवेश गराइने आयोजकले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)