सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी लाङ्बु भलिबल टिमलाई


  • माउन्टेन खबर
  • शनिबार, माघ ३, २०७७
  • 811
    SHARES

आशिष लामा, रसुवा, ३ माघ ।

रसुवाको नौकुण्ड गाउँपालिका ६ घोर्मुमा संचालन गरिएको जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी लाङ्बु भलिबल टिमले जितेको छ । सातधारा यूवा समाजले आयोजना गरेको प्रतियोगितामा लाङ्बु भलिबल टिम पहिलो भएको हो ।

त्यसैगरि द्धितिय राम्चे युवा समाज र तृतीय सातधारा युवा समाजले जितेका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमश, नगद ४० हजार, २५ हजार, १५ हजार र ५ हजार सहित प्रमाणपत्र, कप र मेडलले पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

नक आउटको आधारमा पौष २७ देखि माघ १ गते सम्म संचालन भएको प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । माघे संक्रान्तिको अवसरमा सातधारा यूवा समाजले भलिबल प्रतियोगिता साथै साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बुसाङ्बो घलेले आगामी दिनमा खेलकुदको क्षेत्रमा गाउँमा मात्र नभई राष्ट्रिय स्तरसम्म खेल खेल्न र प्रतिष्पर्धामा गाउँपालिकाले सक्ने सहयोग गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)