सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो सातादेखि


  • माउन्टेन खबर
  • शनिबार, माघ ३, २०७७
  • 509
    SHARES
काठमाडौँ, ३ माघ। ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौँको स्यूचाटारमा हुनेछ ।
सो प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूह तथा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ किलो तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा वाग्मती प्रदेशका १३ वटै जिल्लाका खेलाडीको सहभागिता रहनेछ ।
प्रत्येक तौल समूहका विजेताले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेले रु सात हजार तथा तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही रु चार हजार पुरस्कार पाउने छन् ।
उक्त प्रतियोगिताका लागि नगरपालिकाले रु २० लाख उपलब्ध गराउने नगरप्रमुख बस्नेतले बताउनुभयो । प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई नगरप्रमुख बस्नेतले एक थान स्कुटर प्रदान गर्ने घोषणा गर्नुभएको छ । उत्कृष्ट पुरुष खेलाडीलाई भने आयोजकले एक थान मोटरसाइल प्रदान गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)