सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलाडीलाई प्रोत्साहन भत्ताका लागि बजेट व्यवस्थापन गर्ने खेलकुद मन्त्रीको आश्वासन


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 326
    SHARES

६ माघ, काठमाडौं। युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि मन्त्रालयबाट बजेटको व्यवस्थापन गर्ने बताउनुभएको छ ।

मंगलबार ललितपुरमा आयोजित अखिल नेपाल फुटबल संघको १९ औँ एन्फा कंग्रेस(साधारण सभा) बैठकलाई सम्बोधन गर्दै मन्त्री तामाङले मन्त्रालयले विगतका वर्षमा दिदैँ आएको तर हाललाई रोकिएर रहेको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई मन्त्रालयले पुनः व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने बताउनुभएको हो । यसको सन्दर्भमा मन्त्रालय छिट्टै टुंगोमा पुग्ने उहाँको भनाई छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली खेलाडीहरुसँग योग्यता, क्षमता तथा सिप भएपनि व्यवस्थित प्रशिक्षणको अभाव रहेको बताउनुभयो । नेपाली खेलाडीलाई अन्र्तराष्ट्रिय स्तरमा प्रशिक्षण दिलाउन सके खेल क्षेत्रमा उपलब्धी हासिल गर्न सकिने उहाँको भनाई छ । खेलाडीहरु फुट र विभाजनमा नलागी एकताबद्ध भएमात्रै फुटबल क्षेत्रले सफलता हासिल गर्न सक्ने उहाँले बताउनुभयो ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटबललाई परिणाममुखी रुपले व्यवस्थित गर्नका लागि बजेटको आवश्यकता रहेको बताउनुभयो । बजेटको व्यवस्था मन्त्रालय तथा परिषद्ले गरिदिए नेपाली फुटबललाई चार वर्ष भित्र व्यवसायिकतातर्फ उन्मुख गराउने उहाँको भनाई छ ।

कोभिड १९ को मारमा खेल क्षेत्र पनि उत्तिकै प्रभावित भएको छ । खेलाडी तथा खेल क्षेत्रका व्यक्तिहरुले खेल क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउनको निम्ति सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताउने गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)