सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप

आज प्रदेश १ र कर्णाली तथा प्रदेश २ र बागमती खेल्दै


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ९, २०७७
  • 878
    SHARES

९ माघ, काठमाडौं । आज पनि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत दुई खेल हुँदैछन् । समूह ‘ए’ मा रहेका प्रदेश १ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

लगातार तीन खेल हारेको प्रदेश १ को यो अन्तिम खेल रहेको छ। त्यसैले पनि प्रदेश १ लाई यो खेल जित्न दवाव परेको छ।

त्यस्तै दुई खेल खेलेको कर्णालीले भने पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको कर्णालीले दोस्रो खेलमा गण्डकीलाई हराएको थियो । यो सँगै कर्णालीको यो मिश्रित जित निकालेको छ।

यस्तै समूह ‘बी’ मा रहेको प्रदेश २ र बागमती बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । लगातार दुई खेल जित्दै समूह ‘बी’ मा अपराजित रहेको बागमती लगातार तेस्रो खेल जित्ने योजनामा छ । बागमतीले साविक विजेता नेपाल पुलिस र सुदूरपश्चिमलाई पराजित गरिसकेको छ । बागमतीले समूहको अन्तिम खेल माघ ११ गते लुम्बिनीसँग खेल्नेछ ।

समूह ‘बी’ मा तीन खेल खेल्दा २ खेल जितेको पुलिसले पनि बागमती समान ४ अंक जोडेको छ । लुम्बिनीको २ खेलबाट २ अंक छ । एक खेल मात्र खेलेको प्रदेश २ पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)