सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब सेमिफाइनलमा


  • माउन्टेन खबर
  • शनिबार, माघ १०, २०७७
  • 531
    SHARES
काठमाडौँ, १० माघ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको
एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लगातार तीन खेल जितेको त्रिभुवन आर्मी क्लब पनि यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले जितका लागि कर्णालीसमक्ष २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
कर्णालीले भने ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनायो । कर्णालीका लागि हेमन्त ओलीले ५८, हिमांशु शाहीले २०, कप्तान रवीन्द्र शाहीले १४, अभिषेक ठकुरीले १२ तथा राज शाहले १२ रन बनाउनुभयो ।
बलिङतर्फ एपिएफका लागि वसन्त रेग्मी र किशोर महतोले तीन÷तीन, भुवन कार्कीले दुई तथा कप्तान शरद भेषवाकरले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो ।
एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाउनुभयो । यस्तै अमरसिंह राउटेलाले ३१, सुवास खकुरेलले २३, शङ्कर रानाले १५, भुवन कार्कीले १५, वसन्त रेग्मीले १४ तथा सुमी महर्जनले १० रनको योगदान दिनुभयो । बलिङतर्फ कर्णालीका रवीन्द्र शाही र अनुज चुनाराले तीन÷तीन तथा दिवान पुन र राज शाहले दुई÷दुई विकेट लिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)