मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टोकियो ओलम्पिक स्थगित, अब सन् २०२१ मा टोकियोमै खेल हुने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 614
    SHARES

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले जापानको टोकियोमा यस वर्ष आयोजना गर्न लागिएको गृष्मकालीन ओलम्पिक खेल स्थगन गर्ने घोषणा गरेको छ । विश्वभर नै प्राण घातक कोरोना भाइरसको महामारी फैलिएको र त्यो नरोकिएको भन्दै ओलम्पिक खेल स्थगन गर्नुपरेको कमिटीले जनाएको छ ।

खेलमा सहभागी हुने खेलाडी, ओलम्पिकमा सहभागी हुने अन्य व्यक्तिहरू र अन्तरराष्ट्रिय समुदायको सुरक्षाका लागि पनि खेल स्थगनगर्नु परेको हो । क्यानडा, अस्ट्रेलिया, अमेरिका समेतका केही देशले ओलम्पिकका लागि पर्याप्त तालिम गर्न नपाइएको र कोरोना संक्रमणबाट हुन सक्ने जोखिम लिन आफूहरू तयार नभएको बताएका थिए ।

ओलम्पिक कमिटीले २०२१ को गृष्म यता खेल हुन नसक्ने टोकियो ओलम्पिक कमिटीलाइ जानकारी दिएको छ । सन् २०२१ मा खेलहुने भएपनि यसलाइ २०२० कै मानिने छ ।

आइओसीका अध्यक्ष थोमस बाख र जापानका प्रधानमन्त्री शिन्जो आबे बीच मंगलबार नै टेलिफोनमा कुराकानी भएको थियो । जापानमाओलम्पिक खेल आयोजनाका लागि जापान सरकारले २८ अर्ब डलर खर्च गरिसकेको छ ।

विगतमा युद्धका कारण सन् १९१६, १९४० र १९४४ मा ओलम्पिक खेल रद्द गरिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)