सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चौदण्डीगढी माथि एपीएफ क्लबको फराकिलो जित


  • माउन्टेन खबर
  • सोमवार, माघ १९, २०७७
  • 919
    SHARES

काठमाडौं,१९ माघ। साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सोमबार उदयपुरको टोली चौदण्डीगढी नगरपालिका माथि फराकिलो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गर्दा  कप्तान अनु लामाले ५, अनिता बस्नेतले ३ गोल गरे । यस्तै रेनुका नगरकोटी र सरु लिम्बुको नाममा एक– एक गोल रह्यो ।

प्रतियोगिताकै कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले पहिलो १२ गोल गरेको थियो भने दोस्रो हाफमा दश गोल थपेर भारी अन्तरको जित निकालेको हो । यो जारी लिगमा अहिलेसम्मकै सर्वाधिक गोल हो ।

यस सँगै एपिएफले लगातारका ६ खेलमा स्पष्ट जित निकाल्दै लिग तालिकामा शीर्षता कायम राखेको छ । एपिएफको १८ अंक भएको छ भने पराजित चौदण्डीगढी अंक तालिकामा अंक विहिन छ ।

लिग अन्तर्गत सोमबारकै पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले विराटनगर नगरपालिका मोरङमाथि ७–० को जित निकाल्यो । आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् ।

यस्तै बिमला चौधरीले दुई गोल गर्दा रश्मी घिसिङ र बिमला बिकले एक एक गोल गरिन् । विराटनगरविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल गरेको थियो ।

प्रतियोगितामा मंगलबार वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)