सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चन्द्रपुर नगपालिका माथि वालिङ नगरपालिको ३–० को सहज जित


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २०, २०७७
  • 478
    SHARES

काठमाडौं,२० माघ।  राजधानीमा जारी महिला राष्ट्रिय लिगमा वालिङ नगरपालिका स्याङ्जाले चन्द्रपुर नगपालिकामाथि ३–० को सहज जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन विदेशी खेलाडी गोल गरे ।
खेलको ३७ औं मिनेटमा क्यामरुनी खेलाडी टोउटा ओर्नेलाले फ्रिकिकबाट गोल गर्दै वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन् । पहिलो हाफ सकिने अन्तिम मिनेटमा खेलको ४५ औं मिनेटमा क्यामरुनकै मेथो रुथले गोल गर्दा वालिङले पहिलो हाफमा २–० को अग्रता पाएको थियो । ५४ औं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई ३–० को अग्रता दिलाइन् । त्यसपछि चन्द्रपुरले खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र वालिङले सहज जित निकाल्न सक्यो ।

मंगलबारको जितसँगै वालिङले जारी लिगमा दोस्रो जित निकालेको छ । जितसंगै वालिङले ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै पराजित चन्द्रपुरले ६ खेलमा ३ अंकमात्र जोडेको छ । चन्द्रपुरको यो पाँचौ हार हो । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।

महिला लिगमा बुधबार दुई खेल हुनेछन् । पहिलो खेल चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली एपिएफ तथा दिनको दोस्रो खेल नेपाल पुलिस क्लब र विराटनगर महानगरपलिका मोरङबीच प्रतिस्पर्धा हुनेछ । बुधबारका खेल सँगै महिला लिगको संस्करण सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)