सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोपा डेल रेको सेमिफाइनलमा ‘बिलबाओ’


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २३, २०७७
  • 578
    SHARES

म्याड्रिड ,२३ माघ। कोपा डेल रेको सेमिफाइनलमा बिहीबार एथलेटिक बिलबाओले रियल बेटिसलाई सुट–आउटमा ४–१ ले हराएर प्रवेश गरेको छ । राउल गार्सियाले इन्ज्युरी समयमा गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

पेनाल्टीमा बिलबाओ गोलरक्षक उनाई सिमानेले दुई बचाउ गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा थियो । यो जितपछि बिलबाओ लगातार दोस्रो वर्ष कोपा डेल रे जित्न सक्ने स्थितिमा पुगेको छ ।

बेटिसले जुनामीको गोलले ८४ औं मिनेटमा अग्रता लिएको थियो । तर गार्सियाले इन्ज्युरी समयको चौथो मिनेटमा गोल फर्काए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)