सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वल्र्ड टेनिस टुर– जे ५ मा अभिलाषा र सोन्जा पहिलो


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २३, २०७७
  • 433
    SHARES

काठमाडौं ,२३ माघ। नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को  सोझो सेटमा पराजित गरकी हुन् । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष वरीयता प्राप्त खेलाडी हुन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्स फाइनलमा भने नेपाली जोडी चुके । भारतीय जोडी आर्यन लक्ष्मनन् र आर्यन शाहले नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडीलाई २–६, ६–२ र १०–६ को सेटमा हराए ।

पुरुष सिंगल्समा भारतका अमन दहिया र स्पेनका टोमस क्युसेडा पेरेज फाइनलमा पुगे । अमनले फ्रान्सका भेलेन्टिन फाउरेलाई ६–१ र ६–१ तथा टोमसले भारतका अग्रिया यादवलाई ६–४ र ६–२ ले पाखा लगाए । महिला सिंगल्समा बेल्जियमका मार्ते लाम्ब्रेज र रोमाने लन्ग्युभिल्लेले उपाधि भिडन्त पक्का गरे । मार्तेले अमेरिकाकी साइना देशपाण्डेलाई २–६, ६–१ र ६–३ तथा रोमानेले अमेरिकाकै रुतुजा छप्हल्करलाई ७–५ र ६–४ को सेटमा पन्छाए । सिंगल्स फाइनल शनिबार हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)