सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा इङ्ल्यान्डलाई ३१७ रनले पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 315
    SHARES

४ फागुन,चेन्नाई । भारतले दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डलाई ३१७ रनले पराजित गरेको छ । खेलको चौथो दिन नै भारतले खेल जित्दै चार खेलको वर्तमान शृंखला १–१ को बराबरी गरेको छ ।

पहिलो टेस्ट क्रिकेट खेल्दै गरेका भारतीय बायाँ हाते स्पिनर अक्षर पटेलले दोस्रो इनिङमा पाँच विकेट लिएका थिए । ४८२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड चौथो दिन १६४ रनमै समेटिएको थियो ।

अर्का भारतीय बलर रविचन्द्रन अश्विनले दुबै इनिङमा गरी आठ विकेट लिनुका साथै १०६ रनको शतकीय पाली पनि खेलेका थिए ।

तेस्रो टेस्ट यही फेब्रुअरी २४ मा अहमदाबादमा हुनेछ जुन दिवारात्रि शैलीमा खेलिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)