सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महिला राष्ट्रिय लिगको उपाधि एपिएफलाई


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ५, २०७७
  • 484
    SHARES

काठमाडौं,५ फागुन।  विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसले बुधबार महिला राष्ट्रिय लिगमा १–१ को बराबरी खेलेसँगै अर्को एपिएफले दुई खेल अगावै उपाधि उचाल्न सफल भएको छ ।

बुधबारै भएको अर्को खेलमा च्याम्पियन एपिएफले विराटनगरलाई पराजित गर्दा राष्ट्रिय लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले पुलिससँग १–१ गोलको बराबरी खेल्दा एपिएफले उपाधि उचाल्ने गणित पूरा भएको हो ।  यद्यपि बुधबारै भएको खेलमा एपिएफले विराटनगरलाई १–० ले पराजित गर्दा जारी लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

राष्ट्रिय महिला लिगको उपाधि उचालेको एपिएफको सुखद नतिजालाई निरन्तरता दिन अनिता केसीले ५५औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले दोस्रो हाफमा मात्र गोल गर्न सफल भएको थियो ।

यस अघि पहिलो खेलमा आर्मीकी पुनम जर्गा मगरले १७औं मिनेटमा आत्मघाती गोल गरे पछि पुलिसले खेलमा सुरुआती अग्रता पाएको थियो।

अमृता जैशीले हेड गरेको बललाई पुनम रोक्ने प्रयास गर्दा बल गोलमा परिणत भएको थियो । पहिलो हाफमा अग्रता पाएको पुलिसल दोस्रो हाफमा भने अग्रतालाई कायम राख्न सकेन । ५५औं मिनेटमा आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि आर्मीले स्पष्ट जितका लागि आधा दर्जन प्रयास गरे पनि सफल हुन सकेनन् र दुबै टोलीले अंक बाँडे । बराबरीसँगै आर्मीको उपाधि यात्रा समाप्त हुँदा एपिएफले उपाधि उचाल्न सफल भएको थियो ।

लिगमा बिहीबार वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)