सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चन्द्रपुर नगरपालिकामाथि वालिङ नगरापालिकाको ३–० को सहज जित


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 653
    SHARES

काठमाडौं, ६ फागुन।  महिला राष्ट्रिय लिगमा बिहीबार चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जित निकाल्दै वालिङ नगरापालिकाले लिगमा सुखद अन्त्य गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरे ।

१७ औं मिनेटमा मिडफिल्डर हिमा रावतले गरेको गोलमा वालिङले अग्रता लिएको थियो । ४७ औं मिनेटमा मिथो रुथले बललाई जाली चुमाउदै वालिङकाने अग्रता दोब्बर पारेकी थिइन ।

त्यसको ७ मिनेटपछि अमिशा कार्कीले वालिङको अग्रता ३–० मा पु¥याएकी थिइन ।

जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले १२ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

लिगमा उपाधि भने एपीएफले जितिसकेको छ । महिला लिगमा शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका तथा दशरथ रंगशालामा हुने लिगको अन्तिम खेल एपिएफ र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)