शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमबाट हटायो


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १४, २०७७
  • 757
    SHARES

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिमबाट हटाएको छ । नेपालले कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेका प्रयाका कारण केही प्रगति भएको भन्दै उच्च जोखिमबाट हटाएको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले डब्लुएचओले कोरोना संक्रमणको उच्च जोखिमबाट नेपाललाई हटाएको पुष्टी गरे । डब्लुएचओले सरकारका जारी प्रयास संक्रमण फैलन नदिन महत्वपूर्ण भएको उल्लेख गरेको छ । संक्रमण फैलन नदिन लकडाउन सबैभन्दा प्रभावकारी उपाय सिद्ध भएको छ । शुक्रबारसम्म नेपालमा ४९ संक्रमितमध्ये १२ जना निको भैसकेका छन् । भारत र चीनमा कोरोना भाइरसको संक्रमण विस्तार हुँदै गर्दा नेपाल पनि उच्च जोखिममा सुचिकृत भएको थियो । नेपालले संक्रमण फैलन नदिन चैत ११ देखि देशव्यापी लकडाउन लागू गरेको छ ।

वायु प्रदुषण उच्च भएका ठाउँमा मृत्युदर धेरै
एक अध्ययनले वायु प्रदुषण उच्च भएका ठाउँमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या उच्च रहेको देखाएको छ । बीबीसी विश्व सेवाका संवाददाता नवीनसिंह खड्का तथा हार्भर्ड विश्वविद्यालयका केही अनुसन्धाता मिलेर गरेको सर्वेक्षणमा अमेरिकामा उच्च वायु प्रदुषण भएका ठाउँ र उत्तरी इटलीको मृत्युदर र अन्य ठाउँको मृत्युदरका आधारमा उक्त निष्कर्ष निकालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }