सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मूर्छा प-यो देश नै : – कविता


  • स्पन्दन विनोद ,पोर्चुगल
  • शनिबार, फाल्गुन ८, २०७७
  • 1.6K
    SHARES

मूर्छा प-यो देश नै      छन्द: शार्दूलविक्रीडित

 

बोल्यो राष्ट्रियता चिहान तटमा, वास्ता गरेनौ तर

भ्रष्टाचार ग-यौ लुट्यौ जगत यो, फोडेर आफ्नै घर

बित्ता सर्छ र हात सर्छ यसरी, बेग्लै बन्यो आँकडा

टिस्टा चेत कहाँ छ खोज अहिले, मूर्छा परे काँगडा।।

 

तन्त्रै तन्त्र लुछेर गायव भए, बाँकी नयाँ तन्त्र के

यौटा मात्र जुवा दबाउँछ हलो, जोत्ने यहाँ मन्त्र के

भाषा धर्म कला भयो कलहको, सम्वादमा भेषझैँ

सारा अस्त र ब्यस्त भो जग बिषे, मूर्छा प-यो देश नै।।

 

दौडे गिद्ध सिनो भए तिर कठै, राजा मुकुण्डो धरी

फुस्रो भाषण बेच्न नाटक गरे, भण्डार आफ्नो भरी

भोकै ती जनता अभाव सहदै, नारा लगाई हिडे

सारा देश उजाड्न थाल्छ अहिले,मिथ्या प्रजातन्त्रले ।।

 

टा-यो छाक गरीबको न कहिले, टाल्यो र चोली कुनै

हुन्छन् बालक नै बलात्कृत अझै, के न्याय दिन्छन् उनै

कुल्ची कानुन लम्पसार हुनुले, झुक्दैछ निष्ठा निकै

के त्यस्तो गणतन्त्रले दिन सक्यो, मूर्छा प-यो देश नै ।।

 

त्यो भुत्ते खुकुरी निकाल जन हे, झोले नहोऊ तिमी

बेचिन्छौ किन मासुभात भरमा, आमा चिनेनौ तिमी

कुर्शी खातिर देश खाडल कसै, हाल्दै नहालौ उठ

तिम्रो होस् जन देश यो हृदयमा, श्रृङ्गार गर्दै जुट ।।

 

-रचनाकार: स्पन्दन विनोद

[email protected]

रचनाकार अनेसास पोर्चुगलका अध्यक्ष पनि हुनुहुन्छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)