सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौता


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १०, २०७७
  • 1.3K
    SHARES

काठमाडौं, १० फागुन।  नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।

नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पत्र अनुसार केल्मीले भलिबल टिमलाई दुई वर्षको लागि प्रायोजन गर्नेछ ।
सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा भलिबल उपलब्ध गराउने छ भने केल्मीले महिला र पुरुषका लागि २०÷२० सेट ट्रयाकसुट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ ।

प्रायोजन बापत राष्ट्रिय भलिबल टिमले अन्तराष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)