सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेल्जियम प्रवासी मञ्चले माग्यो ओलीको राजिनामा


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १३, २०७७
  • 516
    SHARES

१३ फागुन, काठमाडौं । यूरोप/प्रवासी नेपाली एकता मञ्च बेल्जियमले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ ।

मञ्चका अध्यक्ष जीत लामा र सचिव रमेश कँडेलले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै आम नेपाली जनताको भावना, विधि र तथ्यहरूको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको जनाएका छन् ।

विज्ञप्तिमा ‘२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गर्नुभएको प्रतिनिधि सभालाई ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ । यो निर्णयसँग प्रवासी नेपालीहरू खुशी छौं’ भनिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)