मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चोटका कारण इब्राहिमोविच तीन साता मैदानबाहिर


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १८, २०७७
  • 929
    SHARES

१८ फागुन, काठमाडौं । स्टार खेलाडी ज्लाटन इब्राहिमोविच तीन साता मैदान बाहिर रहने भएका छन् । इटालियन क्लब एसी मिलानका फरवार्ड इब्राहिमोविच मैदान बाहिर रहने भएका हुन् ।

एसी मिलानले उनी देब्रे खुट्टाको ‘थाइ इन्जुरी’को कारण तीन साता मैदान बाहिर रहने जनाएको छ । यस सिजन उत्कृष्ट फममा रहेका उनी क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सिरी ‘ए’ फुटबलको उपाधि जिताउने योजनामा छन् ।

चोटका कारण इब्राहिमोविचले युरोपा लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । मिलानले युरोपा लिगको अन्तिम १६ मा युनाइटेडसँग मार्च ११ र १८ तारिखमा खेल्दै छ । इब्राहिमोविचले यो सिजन २१ खेलमा १९ गोल गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)