गजल
एकै छिन मलाई बेबकुफ बनाएर गयो
छिट्टै आमा बुवालाई पनि मनाएर गयो
के के देख्यो कुन्नी उस्ले मेरो यौवनमा
भोलिपल्ट हातमा नाम लेखाएर गयो
गर्मी पनि के साह्रो उधुम्मै हो हामीलाई
यो जाडोमा पनि पसिना बगाएर गयो
रुदां रूदैं भिजेका यी दुई नयनहरूमा
फेरि एक हुल खुसीहरू जगाएर गयो
संसार त्यागेको त्यो माग्ने जोगी पनि
यौवनका मातहरूले टन्न अघाएर गयो ।
