मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शहीद स्मारक ’बी’ डिभिजन लिग: सातदोबाटोको सहज जित


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 582
    SHARES

काठमाडौँ, २१ फागुन।  शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा सातदोबाटो युथ क्लबले सहज जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । सातदोबाटोका लागि अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गर्नुभएको हो । बाँसबारीले एउटा आत्मघाती गोल गरेको हो । बाँसबारीका लागि भने निशान सुनारले सान्त्वना गोल गर्नुभएको हो ।

खेलको ११औँ मिनेटमा सातदोबाटोका अशिम राईले पहिलो गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयमा बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्नुभएको हो । यस्तै खेलको ५२औँ मिनेटमा सातदोबाटोका प्रवेश बस्नेतले तथा ६२औँ मिनेटमा दिनेश राईले गोल गर्नुभएको हो । यस्तै खेलको ७७औँ मिनेटमा बाँसबारीका निशान सुनारले एक मात्र गोल गर्न सफल हुनुभएको थियो ।

जितसँगै सातदोबाटोले नौ खेलबाट २५ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । यस्तै बाँसबारी नौ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)