मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं वार्षिकोत्शव बिभिन्न कार्यक्रमको आयोजना


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २२, २०७७
  • 762
    SHARES
काठमाडौं, २२ फागुन। नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं वार्षिकोत्शव बिभिन्न कार्यक्रम गरि मनाइरहेको छ ।
नेपाल चेम्बर अफ कमर्सले शनिवार काठामाण्डौमा आयोजित दौड प्रतियोगिता आयोजना गरेको थियो । दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो ।
रन फर फन नाम दिएको प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए । पुरस्कार वितरण समारोहमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ ।
२००७ सालमा प्रजातन्त्रको स्थापनासँगै चेम्बरले समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउँदै अध्यक्ष श्रेष्ठले समाजका सबै क्षेत्रहरूमा व्यवसायीहरू अग्रपंक्तिमा रहेको बताउनुभयो ।
स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चेम्बरले चित्रकला प्रतियोगिता, रक्तदान कार्यक्रम, दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । नेपाल महिला चेम्बरले व्यापारिक प्रर्दशनी तथा मेला आयोजना गर्दै छ । चेम्बरले गल्फ प्रतियोगिता पनि गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)