मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबद्वारा जितको लयलाई निरन्तरता


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २२, २०७७
  • 729
    SHARES

नेपालगंज,२२ फागुन।  साबिकको विजेता नेपाल पुलिस क्लबले नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा शनिबार पनि जितको लयलाई निरन्तरता दिएको छ ।

दिनको दोस्रो खेलमा पुलिसले लुम्बिनी युनाइटेड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिससामु निरीह देखिएको लुम्बिनी २५–८, २५–१२ ,२५–१४ ले पराजित भएको हो ।

यता पुलिसले भने शुक्रबार नै उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो ।
शनिबारै भएको पहिलो खेलमा एपिएफले आर्मीलाई ३–१ को सेटमा पराजित ग¥यो । एपिएफले आर्मीलाई २६–२४,२५–२३,२५–१६,२५–२३ को सेटमा निराश बनाएको हो ।

प्रतियोगितामा साबिक विजेता पुलिससहित एपिएफ, आर्मी, लुम्बिनी युनाइटेड र न्यु डायमन्ड गरी कुल ५ टोलीको सहभागिता छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष स्थानमा बस्ने टोलीले उपाधि जित्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले नगद २ लाख, तेस्रो स्थानको टोलीले नगद १ लाख र चौथो स्थानको टोलीले नगद ५० हजार हात पार्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)