रसुवा, २३ फागुन ।
दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको छ । शैक्षिक, ज्ञानी, वौद्धिक र प्रज्वलित समाज अकिआसको आयोजनामा गएको १८ गतेदेखि संचालन भएको दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको हो । आइतबार भएको फाइनल खेलमा कालिकाले ६–३ गोल अन्तरले ज्याङ्दे युथ सोसाइटी धुन्चेलाई पराजित गरेका छ । भूमेदेवी कल्लेरी युवा क्लव नुवाकोट तेस्रो र अकिआस सान्त्वना भएको छ ।
प्रतियोगितामा ३१ टिमले सहभागी जनाएका थिए । प्रतियोगितामा प्रथम द्धितिय, तृतीय हुनेलाई क्रमश ५० हजार, २५ हजार, १५ हजार र ५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक अकिआसका अध्यक्ष निवेश श्रेष्ठले बताए ।
खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जनका लागि फुटबलको सानो रुप फुटसल प्रतियोगिता संचालन गरिएको बताए ।
