मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेयरकप एक दिवसीय पुरुष क्रिकेट

एपिएफको लगातार दोस्रो जित


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 369
    SHARES

कीर्तिपुर ,२३ फागुन। विभागीय टोली नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दा राजधानीमा जारी मेयरकप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपिएफले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो । प्रतियोगितामा एपिएफको यो लागातार दोस्रो जित हो । यसअघि एपिएफे शनिबार त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको थियो ।

पुलिसले प्रस्तुत गरेको २ सय ५९ रनको लक्ष्य १ बल अगावै ९ विकेटको क्षतीमा पूरा गरेको थियो । एपिएफका लागि सन्दिप जोराले सर्वाधिक ६१ र आसिफ शेखले ४२ रनको योगादन गरे ।

एपिएफलाई जितका लागि अन्तिम २ बलमा २ रनको आवश्यकता थियो। ४९ औं ओभरको पाँचौ बलमा रासिद खानलाई छक्का प्रहार गर्दै शरद भेषावकरले एपिएफको नाटकिय जित पक्का गरेका थिए । शरदले अविजित २० र सुमित महर्जनले अविजित ३३ रन जोडेका थिए । पुलिसका पवन शराफले ५ विकेट लिएपनि टोलीको हार टार्न भने सकेनन् । यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले कप्तान दिपेन्द्रसिंह ऐरीको शकतमा निर्धारित ५० ओभरमा ७ विकेटको क्षतीमा २ सय ५८ रनको योगफल खडा गरेको थियो ।

दिपेन्द्रले १ यि ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै पवनले ३५,ओपनर सुनिल धमलाले ३३ र अनिल शाहले १८ रन जोडेका थिए । एपिएफका शरद भेषावकरले ३ र अविनाश बोहोराले १ विकेट लिएका थिए ।

मेयरकम अन्तर्गत आइतबारकै अर्को खेलमा सन्दिप लामिछानेको अलराउन्ड प्रदर्शनबाट काठमाडौ मेयर–११ ले सानदार सुरुआत गरेको छ ।
आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडौ मेयर ११ ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशमाथि ९४ रनको जित हात पारेको हो । काठमाडौ मेयर ११ ले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको बाग्मतीले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउदै १ सय ५० रन मात्र बनाउन सक्यो ।

बाग्मती प्रदेशको जारी प्रतियोगितामा यो लगतार दोस्रो हार हो । यसअघि शनिबार पहिलो खेलमा बाग्मती प्रदेश नेपाल पुलिस क्लबसँग २ रनले स्तब्ध भएको थियो । पुलिस क्लबविरुद्ध ब्याटिङमा निरिह देखिएको बाग्मतीले आइतबार मेयर ११ विरुद्ध पनि सम्झन लायक ब्याटिङ प्रदर्शन गर्न सकेन । ओपनर आदिल खान र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ३६ रनको साझेदारीक साथ बाग्मतीलाई सुखद सुरुआतको संकेत दिलाएका थिए । छैटौ ओभरको पाँचौ बलमा ज्ञानेन्द्र विपिन खत्रीको बलमा एल्बीडब्लुको शिकार हुदै पवेलियन फर्किएका थिए । थप ११ रन जोड्ने क्रममा बाग्मतीले आदिललाई समेत गुमाएको थियो ।

आदिललाई कृष्ण कार्कीले विकेट यादवबाट क्याच गराएका थिए । ५१ रन जोड्दा बाग्मतीले पारस खड्कालाई समेत सस्तोमै गुमायो । पारसले मात्र १० रन जोडेका थिए । चौथो विकेटका लागि इशान पाण्डे र पृथु बास्कोटाले ४८ रनको साझेदारी गर्दै टोलीको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर २४ औं ओभरमा सन्दिपले लगातार दुई विकेट लिएपछि बाग्तमी संकटमा परेको थियो । २४ औ ओभरको चौथो बलमा इशानलाई बोल्ड गरेका सन्दिपले सोही ओभरको पाँचौ बलमा आकाश थापालाई एल्बीडब्लुको शिकार बनाएका थिए ।पृथु बास्कोटाले ७९ बलमा ८ चौका मद्दतमा सर्वाधिक ६० रन जोडे ।

मेयर ११ का सन्दिपले ९ ओभरमा ४० रन खर्चदै ३ विकेट लिदा अनिल खरेल र विपिन खत्रीले समान २ विकेट लिए । कृष्ण कार्की र सिद्धान्त लोहनीले समान १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले निर्धारित ५० ओभरका ९ विकेट गुमाउदै २ सय ४४ रनको योगफल खडा गरेको थियो । शीर्ष क्रमका ब्याटस्म्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा ४३–५ को स्थितीमा रहेको मेयर ११ को इनिङस् सिद्धान्त र सन्दिप रजालीले छैटौ विकेटका लागि ७१ रनको साझेदारीक साथ टोलीको इनिङस् उकासेका थिए ।सिद्धान्तले ६७ बलमा ३ चौका मद्दतमा ३४ रन जोडे ।

सन्दिप रजाइलीले ५८ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे ।सौरभ खनाल र सन्दिप लामिछानेले आठौ विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए । आक्रामक ब्याटिङ गरेका सन्दिपले २० बलमा ६ छक्का ४२ रनको योगदान गरे । त्यस्तै सौरभले नवौ विकेटा लागि विपिन खत्रीसँग ६० रनको साझेदारी साथ मेयर ११ लाई सम्मानजनक योगफलतर्फ डोहो¥याएका थिए ।सौरभले ५८ बलमा ६ चौका र १ छम्का मद्दतमा अविजित ४९ रनको योगदान गरेका थिए ।त्यस्तै विपिनले ३० बलमा १ चौका र २ छक्का मद्दतमा ३२ रनको योगदान गरे । बाग्मतीका नन्दन यादवले ४ तथा रामनरेश गिरी र आरियो पौडेलले समान २ विकेट लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)