मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लिभरपुल फुलह्यामसँग १–० ले पराजित


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २४, २०७७
  • 313
    SHARES

फुलह्यामका मारियाे लामिना (तस्वीरः प्रिमियरलिग डट कम)

एन्फिल्डः प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुल आफ्नै गृह मैदान एन्फिल्डमा फेरि पराजित भएको छ । आइतबार भएको खेलमा लिग लिडर लिभरपुललाई फुलह्यामले १–० ले पराजित गरेको हो ।

तुलनात्मक रुपमा फितलो खेल प्रदर्शन गरेको लिभरपुलमाथि फुलह्यामले पहिलो हाफको ४५औं मिनेटमा गोल गरेको थियो । फुलह्यामका लागि मारिओ लामिनाले गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा लिभरपुलले केही आक्रामक प्रयास गरेको भए पनि गोल गर्न सकेन ।

यस सिजनमा एन्फिल्डमा लिभरपुल लगातार छ खेलमा पराजित भइसकेको छ । लिभरपुलले अर्को खेल मार्च १५ मा उल्भ्स विरुद्ध खेल्नेछ ।

एन्फिल्डमा लिभरपुल चेल्सी (१–०), एभर्टन (२–०), म्यान्चेस्टर सिटी (४–१), ब्राइटन (१–०), बर्नली (१–०) सँग पराजित भएको छ ।

चालु सत्रमा २८ खेलबाट ४३ अंकसँगै लिभरपुल सातौं स्थानमा छ । – एएफपी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)